coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अभिभावक भेलामा झडप, दुईजना घाइते

सर्लाही - सर्लाहीको दक्षिणपूर्वी क्षेत्र हरिपूर्वा नगरपालिका स्थित केश्वर गरिव जनता माविमा सोमबार दिउँसो भएको अभिभावक भेलामा झडप हुँदा दुईजना घाइते भएका छन्।

झडपमा परी हरिपूर्वा नगरपालिका–१ का ३० वर्षीय मनोज राय यादव, ५ नम्बर वडाका ३१ वर्षीय खगेन्द्रप्रसाद यादव गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ। टाउकोमा चोट लागेका घाइते दुवैजनालाई उपचारका लागि जनकपुरतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए।

गत शुक्रबार राति सिभिल ईन्जिनियरिङ विषयका तीनजना शिक्षकको परीक्षा लिएर नतिजा समेत प्रकाशन गरिएपछि असन्तुष्ट समूह र प्रधानाध्यापक फेकु राय पक्षबीच झडप भएको एक स्थानीयले जानकारी दिए। त्यस्तै सुन्दरपुर मावि चक्रघट्टाबाट सरुवा भई आएका शिक्षक धनेश्वर साहलाई विद्यालयमा हाँजिर गराउने विषयमा समेत अभिभावक भेलामा विवाद भएको बताइएको छ। भेलामा छलफल सूरु हुने बित्तिकै विवाद बढेको र कुटाकुट हुँदा दुईजना घाइते भएको बताइएको छ।

प्रअ रायको सरुवा हुनुपर्छ भन्ने पक्ष र अर्को पक्षबीच झडप भएको स्थानीय बासिन्दाले बताएका छन्। समाजवादी पार्टीका नेता कार्यकर्ता एक पक्ष र नेपाल कम्युनिष्ट पार्टी एवं राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता विपक्षमा रहेको एक स्थानीयले बताए।

हाल घटनास्थलमा सुरक्षाकर्मी खटाइएको र अवस्था सामान्य रहेको प्रहर प्रवक्ता राठौरले जानकारी दिए। उनले झडपको कारण बुझ्ने प्रयास भइरहेको बताए।

प्रकाशित: ९ भाद्र २०७६ १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App