८ वैशाख २०८१ शनिबार
राजनीति

थारु सम्मेलन सम्पन्न

भजनी - थरूहट/थारूवान राष्ट्रिय सम्मेलन १५ बुँदे टीकापुर घोषणा पत्र जारी गर्दै आज सम्पन्न भएको छ। यही भदौ ७ गतेदेखि शुरु भएको उक्त सम्मेलनले लक्ष्मण थारूको संयोजकत्वमा एक सय एक सदस्यीय थरूहट/थारूवान राष्ट्रिय मोर्चा गठन गरेको छ।     

घोषणा पत्र जारी गर्दै बिग्रिएको सद्भाव कायम गर्न र छिन्नभिन्न अवस्थामा रहेका थारू नेतालाई एकताबद्ध गरेको बताइएको छ। टीकापुर घटनामा प्रतिनिधिसभा सदस्य रेशम चौधरीलगायत ११ जनालाई रिहा गरी मुद्दा फिर्ता लिनुपर्ने माग गर्दै सो घटनालाई राजनीतिक घटनाका रुपमा लिनुपर्ने लगायतका १५ बुँदै घोषणा पत्रसहित तीन चरणका आन्दोलनका कार्यक्रमसमेत जारी गरेको छ।

घोषणा सभामा पत्रकारसँगको कुराकानीमा संयोजक थारुले राज्य जिम्मेवार बन्न नसकेकै कारण आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको प्रतिक्रिया दिए।रासस

प्रकाशित: ९ भाद्र २०७६ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App