७ वैशाख २०८१ शुक्रबार
राजनीति

जागिर लगाई दिने प्रलोभनमा ४५ लाख ठगी, नेकपाका नगरअध्यक्ष बर्खास्त

कपिलबस्तु - सरकारी जागिर लगाई दिने प्रलोभनमा एक दर्जन ब्यक्तिबाट ४५ लाख ३० हजार ठगी गरेको आरोप लागेपछि सत्तारुढ नेकपाका बाणगंगा नगरपालिकाका अध्यक्ष बिश्वबहादुर कार्कीलाई पदबाट हटराइएको छ।

कार्की विरुद्ध एक दर्जन ब्यक्तिहरुले जागिरको प्रलोभनमा रकम उठाएको भन्दै गत साउन ३२ गते जिल्ला पार्टी कार्यालयमा निवेदन दिएका थिए।आइतवार अबेरसम्म तौलिहवास्थित पार्टी कार्यालयमा चलेको कार्य समितिको बैठकले कार्कीलाई नगर अध्यक्षबाट हटाउने निर्णय गरेको नेकपाका जिल्ला नेता डम्मर शर्माले बताए।

कार्की विरुद्ध ठगीको आरोप लागेपछि अध्यक्ष पदबाट हटाएको नेता शर्माले बताए। साथै कार्कीलाई जिल्ला सचिवालय सदस्यबाट समेत निलम्बन गरिएको छ। कार्कीको स्थानमा शंकर पाण्डेयलाई नयाँ नगर अध्यक्ष चयन गरिएको उनले जानकारी दिए। 

साथै जिल्ला पार्टी कार्यालयले पीडित पक्ष र आरोपीलाई पार्टीले शनिवार छलफल गराउने गरी बैठक आवाह्न गरेको छ।अध्यक्ष कार्कीले शिक्षक बनाई दिने भन्दै ४ लाख ५० हजार, स्वास्थ्यमा जागिर लगाई दिने भन्दै ३ लाख र प्रहरी बनाई दिने भन्दै २ लाख ६० रकम उठाएकोे पीडितहरुले निवेदनमा उल्लेख गरेका छन्। 

प्रकाशित: ९ भाद्र २०७६ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App