७ वैशाख २०८१ शुक्रबार
समाज

फेसबुकमार्फत चिनजान गरेर बलात्कार, अभियोगमा एक जना पक्राउ

नेपालगन्ज - जबरजस्ती करणी गरेको अभियोगमा रुकुम (पश्चिम) प्रहरीले एक युवालाई पक्राउ गरेको छ। जिल्लाको चौरजहारी नगरपालिका–५, खहरे का २५ वर्षीय तेज बुढा भन्ने तेजबिक्रम विएमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रोल्पा घर भई रुकुम खलंगामा बस्दै आएकी १९ वर्षीया नाम परिवर्तन (सीता)लाई बलात्कार गरेको अभियोगमा युवालाइ पक्राउ गरिएको प्रहरीको भनाइ छ।  

किशोरीलाई विवाह गर्छुभनेर प्रलोभन देखाइ खलंगामा रहेको आफ्नो कोठामा बोलाएर जबरजस्ती करणी गरेको भन्दै उजुरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए। दिदिको घरमा बस्दै आएकी ती किशोरी र पक्राउ परेका युवाको सामाजिक सञ्जाल फेसबुकमार्फत परिचय भएको उनको भनाइ छ। ती युवाले भदौ ५ गते कोठामा जबरजस्ती करणी गर्नुका साथै दुई दिनसम्म कोठमा राखी बाहिरबाट ढोका बन्द गरेर भागेको पीडितले उजुरीमा उल्लेख गरेको डिएसपी खड्काले बताए।  

पीडित किशोरीले आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् । सोही उजुरीको आधारमा तेजबिक्रमलाई सोमबार बिहान मुसीकोट नगरपालिका–५ सेरीगाउँबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनी विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए। 

प्रकाशित: ९ भाद्र २०७६ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App