आयुर्वेदका सेवालाई अन्य सेवामा नगाभ्न आग्रह

सोमबार, ०९ भदौ २०७६, १४ : १७ नागरिक

काठमाडौँ- नेपाल आयुर्वेद चिकित्सक सङ्घले सङ्गठन तथा व्यवस्थापन सर्वे कार्य नगरी सङ्गठन संरचना नबनाउन, आयुर्वेदका सेवा कार्यक्रम नहटाउन, आपसमा नगाभ्न(मर्ज) सङ्घीय सरकारसित माग गरेको छ।     

कर्णाली प्रदेशको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला अस्पताल तथा जिल्ला आयुर्वेद कार्यालयलाई एकापसमा गाभ्ने निर्णय गरेको थियो। सङ्घका अध्यक्ष प्रा.डा. प्रकाश ज्ञवालीद्वारा यहाँ आज जारी विज्ञप्तिमा आयुर्वेद सेवालाई अन्यमा विलय गराउने कार्यले आयुर्वेदको मूल मर्ममाथि नै प्रहार भएको जनाइएको छ।     

सङ्घले विज्ञप्तिमा भनेको छ, “हालका दिनमा विभिन्न प्रदेशमा आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभाग, आयुर्वेद चिकित्सक सङ्घ तथा सरोकार निकायसित छलफल नगरी आयुर्वेद सेवालाई अन्यमा विलय गराउने कार्यले आयुर्वेद सेवा झन कमजोर हुन पुगेको छ। यस कार्यप्रति सङ्घ आपत्ति जनाउँछ।”     

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत ७५ जिल्लामा करीव एक सय दुई आयुर्वेद चिकित्सक, कविराज र वैद्य गरी छ सय कार्यरत रहेका छन्। स्वास्थ्य सेवातर्फका कर्मचारी समायोजन प्रक्रिया जारी नै रहेको छ।

सङ्घले यस विषयमा उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा. सुरेन्द्र यादवलगायत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत ध्यानाकर्षण गराइसकेको जनाएको छ।रासस








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad