१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रवि लामिछानेको बयान सकियो, थुनछेक बहस सुरू

काठमाडाैँ - पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने र युवराव कँडेलको बयान सकिएको छ।लामिछाने सहित तीन जनाको चितवन जिल्ला अदालतमा बयान  सकिएको जनाएको हो। चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले दुबै जनाको बयान सकिएको पुष्टि गरे।

बयान सकिए लगत्तै दुबै पक्षका कानुन व्यवसायीले बहस सुरु गरेका छन्।दुर्बै पक्षका कानुन व्यवसायीको बहस सकिएपछि अदालतले थुनामा राख्ने,की धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरको अभियोगमा लामिछाने, कँडेल र अस्मीता भन्ने रुकु कार्कीमाथि जिल्ला सरकारी वकिल कार्यालयले ५ वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

प्रशासनले अदालत र आसपासमा निषेधित क्षेत्र घोषणा गरी पाँच जनाभन्दा बढीलाई हिँडडुल गर्न रोक लगाएको छ। कडा सुरक्षा व्यवस्था हुँदा पनि विभिन्न चोकमा समर्थक जम्मा हुने क्रम शुरु भएको छ। मुलुकी अपराधसंहिता अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा उनीहरु विरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको थियो। गत साउन २० गते नारायणगढको एक होटलमा पुडासैनीको झुण्डिएको अवस्थामा शव भेटिएको थियो।

प्रकाशित: ९ भाद्र २०७६ ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App