सुरुङ निर्माण ७५ प्रतिशत सम्पन्न

सोमबार, ०९ भदौ २०७६, १२ : ५१ नागरिक

चौतारा- सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको भोटेकोशी जलविधुत आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ।    

भोटेकोशी गाउँपालिका– ५ मार्मिङस्थित भोटेकोशी र चाकु खोला दोभानदेखि बाह्रबिसे नगरपालिका– १ जम्बुस्थित विधुत गृहसम्मको सात हजार १ सय २४ मिटर सुरुङ मार्गमध्ये हालसम्म पाँच हजार तीन सय मिटर सम्पन्न भएको आयोजना प्रमुख डा. सुनिलकुमार लामाले जानकारी दिए।     

चिलिमे जलविधुत आयोजनाको अगुवाइमा सन् २०१३ को जनवरीमा शुरु भई सन् २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको काम समय लम्बिदै गएपछि अव सन् २०२० डिसेम्बरमा सम्पन्न गर्ने समय निर्धारण गरिएको छ।    

विसं २०७२ को भूकम्प, भारतीय नाकाबन्दी र हरेक वर्ष तिब्वत्बाट आउने गरेको भोटेकोशी बाढीले गर्दा निर्धारित समय भन्दा चार वर्ष ढिलाइ हुनगएको बताइएको छ। हाल विधुत गृहको जग खन्ने काम सम्पन्न भएको छ।    

भोटेकोशी र चाकुखोला दोभान भन्दा एक सय मिटर तल निर्माण गरिने बाँधको उचाइ ६ मिटर र लम्बाइ ३४ मिटरको हुनेछ। हेडवक्र्सको काम भने वर्षात कम भएपछि मात्र शुरु गरिने कार्यक्रम रहेको छ।    

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण तथा सर्वसाधारणको शेयरसहित १४ अर्ब ५० करोड रुपैयाँ लागत रहेको आयोजनाको लागि आवश्यक जग्गाको व्यवस्थापन भइसकेको छ। आयोजनाको ‘सिभिल’ कार्य चिनियाँ वाङ्सी हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्यूरो र ‘इलेक्ट्रिक’को काम अष्ट्रियाको एण्डिज हाइड्रो कम्पनीद्वारा भइरहेको छ।    

सो आयोजनाबाट वार्षिक बिक्री योग्य विधुत ५४ करोड २३ लाख युनिट उत्पादन हुनेछ। आयोजनाबाट वर्षायाममा ४५ करोड ८६ लाख युनिट तथा सुख्खा याममा आठ करोड ३८ लाख युनिट विधुत उत्पादन हुनेछ।   

नेपाल विधुत प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनाको लागि दुई सय दुई केभिए प्रशारणलाइन बाह्रबिसे सवस्टेशन रहने गरी निर्माण गरिने कार्यक्रम रहेको छ। त्यहाँ सवस्टेशन रहेपछि आयोजनास्थलबाट चार किलोमिटर प्रशारण लाईन मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडिने आयोजनाले जनाएको छ।रासस








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad