७ वैशाख २०८१ शुक्रबार
कला

प्रियंकालाई बोल्ने अधिकार छ : राष्ट्रसंघ

मुम्बई  – अभिनेत्री प्रियंका चोपडालाई तत्काल संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट नहटाइने भएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसका अनुसार युनिसेफको तर्फबाट बोल्दामात्र सद्भावना दूतहरू निष्पक्ष हुनुपर्ने भएकाले अभिनेत्री चोपडाले व्यक्तिगत अधिव्यक्ति दिन पाउने बताएका छन्।

उनका प्रवक्ताले युनिसेफको तर्फबाट बोल्दामात्र सद्भावना दूतहरू निष्पक्ष हुनुपर्ने बताए। ‘सद्भावना दूतहरूलाई व्यक्तिगत रूपमा बोल्ने अधिकार छ। उनीहरूले चासो राख्ने विषयमा व्यक्तिगत रूपमा बोल्न पाउने अधिकार छ, ’ प्रवक्ता स्टेफेन डुजेरिकले भने, ‘उनीहरूको व्यक्तिगत विचारहरूसँग सम्बद्ध हुने कुनै एजेन्सीको प्रतिबिम्बित गर्दैन्।

यसअघि अभिनेत्री चोपडालाई संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट हटाउन पाकिस्तानले आग्रह गरको थियो। पाकिस्तानकी मानवअधिकार मन्त्री शिरीन मझारीले भारतीय सेनालाई समर्थन गरेको भन्दै अभिनेत्री चोपडालाई तत्काल संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट हटाउन युनिसेफलाई आग्रह गरेकी थिइन्। ‘युनिसेफले बदमास मोदी सरकार र भारतीय सेनालाई समर्थन गर्ने अभिनेत्री चोपडालाई तत्काल सद्भावना दूतबाट हटाउनु पर्दछ। अन्यथा यसले त्यस्ता नियुक्तिहरूको उपहास गर्दछ। युनिसेफले मर्यादित पदहरूमा सद्भावना दूत नियुक्त गर्दा होसियार हुनु जरुरी छ,’ मन्त्री मझारीले सामाजिक सञ्जालमा ट्वीटरमा ट्वीट गरेकी थिइन्।

भिनेत्री चोपडा संयुक्त राष्ट्रसंघकी सद्भावना दूत हुन्। पछिल्लो समय लस एन्जल्समा आयोजित कार्यक्रममा सहभागि एक पाकिस्तानी युवतीले अभिनेत्री चोपडालाई संयुक्त राष्ट्रसंघको सद्भावना दूत भएर युद्धलाई किन प्रोत्साहन गरेको भनेर प्रश्न सोधेकी थिइन्। जवाफमा अभिनेत्री चोपडाले आफूलाई देशभक्त भएको प्रतिक्रिया दिएकी थिइन्। ‘मेरो पाकिस्तानका थुप्रै साथी छन् र म भारतकी हुँ। युद्ध कुनै यस्तो कुरा होइन, जुन साँच्चै नै मलाई मनपर्छ। तर, म देशभक्त हुँ। त्यसकारण मलाई माया गर्नेहरुको भावनालाई आहत पुगेकोमा म खेद व्यक्त गर्छु। तर मलाई लाग्छ कि, हामी सबै एकै किसिमका छौं,’ अभिनेत्री चोपडाले भनेकी थिइन्। अभिनेत्री चोपडाको सो अभिव्यक्तिपछि पाकिस्तानी समर्थकहरूले गाली गरेका थिए।

प्रकाशित: ९ भाद्र २०७६ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App