काठमाडौं—एक हजार र पाँच सय भारतीय रुपैयाँमाथि लगाइएको प्रतिबन्धले नेपालमा परेको असर समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन्।
‘प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री मोदीबीच भारु सटहीबारे सोमबार साँझ कुराकानी भयो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘करिब पाँच मिनेट भएको टेलिफोन वार्तामा भारतीय प्रधानमन्त्रीले नेपालीलाई परेको समस्या समाधान गर्छौं भन्नुभयो।’
प्रधानमन्त्री दाहालले कुराकानीका क्रममा नेपालमा रहेका पाँच सय र हजारका भारु नोट सटही सुविधा उपलब्ध गराइदिन आग्रह गरेका थिए।
‘प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री मोदीबीच भारु सटहीबारे सोमबार साँझ कुराकानी भयो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘करिब पाँच मिनेट भएको टेलिफोन वार्तामा भारतीय प्रधानमन्त्रीले नेपालीलाई परेको समस्या समाधान गर्छौं भन्नुभयो।’
समस्या समाधानका लागि राष्ट्र बैंकले अाफ्नो च्यानलबाट भारतीय रिजर्ब बैंकसँग कुराकानी अघि बढाएको थियो। नाेटमाथि प्रतिबन्ध लगाउने निर्णय भारत सरकारको भएकाले त्यसबारेमा सरकारी तहबाट समाधान खोजिनु पर्ने जवाफ भारतीय रिजर्भ बैंकका अधिकारीले बताएपछि प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीलाई फोन गरेर समाधान खोजेका हुन्।
भारत सरकारले भारु ५ सय र हजारका नोटमाथि प्रतिबन्ध लगाएपछि नेपाली व्यापारी तथा सर्वसाधारण पीडित बनेका छन्।
प्रकाशित: २९ कार्तिक २०७३ १४:३५ सोमबार