७ वैशाख २०८१ शुक्रबार
समाज

रोल्पामा स्वास्थ्य अवस्था खस्किँदै

राेल्पा - पछिल्लो समय रोल्पामा स्वास्थ्य अवस्था खस्किदै गएको छ। स्वास्थय जस्तो सम्वेदनशिल क्षेत्रमा सरकारी निकायले ध्यान नदिँदा स्वास्थ्य अवस्था खस्किएको एक तथ्याङ्कले देखाएको छ। सधैँ स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पछि परको रोल्पा स्थानीय सरकार आएपनि अवस्था उस्तै रहेको स्थानीय बताउँछन्।

स्थानीय भन्छन्,‘स्वास्थ्य,शिक्षा लगायतका क्षेत्रमा कति पनि सुधार भएको देखिदैन्।सधै औषधि अभावका कारण अकालमै ज्यान गुमाइरहेका त्यहाँ जनतालाई आशा थियो की स्थानीय सरकार आएपछि सबै सेवा सुविधा सजिलै पाइन्छ, अकालमै ज्यान गुमाउनु पर्दैन्।तर स्थानीय सरकार आएपछि भने स्वास्थय अवस्था झन् खस्किँदै गएको छ।’

समयमै यो क्षेत्रमा ध्यान नदिने हो भने, ठुलो खतरा निम्तिने निश्चित छ। यो

स्वास्थ्य तथ्याङ्कले देखाएको हेर्ने हो, भने त्यहाँ जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा ध्यान नदिएको देखिन्छ। विकासको नाममा बाटो–घाटोलाई मात्र लिएको स्वास्थ्य,शिक्षा लगायतको क्षेत्रमा खासै ध्यान नदिएको देखिन्छ।

गव वर्षको तथ्याङ्क हेर्ने हो भने जिल्ला स्वास्थय कार्यालयमा ५७ प्रतिशत महिलाले सुरक्षित गर्भजाँच गरेको देखिन्छ। भने बाँकी ४३ प्रतिशत महिला गर्भजाँच गरेको कुनै तथ्याङ्क भेटिदैन्। यो ५७ प्रतिशत गर्भजाँच गराउनेमा धेरै जसो २० वर्ष तलका किशोरी रहेका छन्। जिल्लामा बालविवाह गर्ने चलन प्रशस्त छ। सानो उमेरमा विवाह गर्दा बाच्चा छिटो हुने त्यसपछि किशोरीमा धेरै समस्या देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ।  साथै जिल्लाका अन्य स्थानीय तहका स्वास्थ्य सेवा ठिक –ठिकै रहे पनि थवाङ गाउँपालिका स्वास्थ्य संस्था खस्किदो अवस्थामा छन्।यी स्वास्थ्य संस्थामा सरकारले समयमै ध्यान नदिने हो भने ठुलो समस्या निम्तिने निश्चित छ।

प्रकाशित: ९ भाद्र २०७६ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App