coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कामपाका दुई इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामहरि फुयाँलले रु दुई करोड ७३ लाख नौ हजार ३३२ भ्रष्टाचार गरेको दाबीसहित आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

फुयाँलको सम्पत्ति छानबिन गर्दा स्रोत नखुलेको पाइएकाले मुद्दा दायर गर्नुपरेको जनाइएको छ। आयोगले फुयाँल सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७१ साल फागुनसम्मको सम्पत्ति छानबिन गरिएको बताएको छ ।
यस्तै महानगरपालिकाका इन्जिनियर गम्भीरलाल श्रेष्ठले रु एक करोड २९ लाख ७४७ भ्रष्टाचार गरेको अभियोगमा आजै मुद्दा दायर गरेको छ । आयोगले आज विज्ञप्ति प्रकाशन गरी सार्वजनिक सेवामा प्रवेश गरेपछि २०७१ माघसम्मको सम्पत्ति छानबिन गर्दा श्रेष्ठले आय गरेको वैध आम्दानीभन्दा अवैध आम्दानी बढी देखिएको पाइएको जनाएको छ । आयोगले सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेपछि उनले आर्जन गरेको रकम अवैध पाएको थियो। रासस

 

प्रकाशित: २९ कार्तिक २०७३ १३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App