८ वैशाख २०८१ शनिबार
अर्थ

स्थानीय तहबाट १२ करोड फिर्ता

खोटाङ – खोटाङका नौ स्थानीय तहबाट संघीय सरकारले पठाएको बजेटमध्ये १२ करोडभन्दा बढी बजेट फिर्ता गएको छ। जिल्लाका १० स्थानीय तहले १२ करोड ३२ लाख १२ हजार रुपैयाँ बजेट फिर्ता गएको हो।

ससर्त, समपूरक र विशेष अनुदान अन्तर्गतको बजेट खर्च गर्ने क्रममा बाँकी रहेको खण्डमा आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत संघीय सञ्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। आर्थिक वर्ष २०७५/०७६ को अनुदानको हिसाब फरफारक नभएसम्म नयाँ आर्थिक वर्षको अनुदान हस्तान्तरणको बाटो खुल्दैन।

खोटाङका स्थानीय तहले हालसम्म २०७५/०७६ को आम्दानी तथा खर्चको प्रतिवेदन कोष तथा लेखा नियन्त्रकको कार्यालयमा पठाएका छैनन्। साउन २४ गतेभित्र त्यस्तो प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था भए पनि हालसम्म नबुझाएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। उक्त प्रतिवेदन प्राप्त नभएसम्म नयाँ आर्थिक वर्षको राजस्व बाँडफाँड र अनुदानबापतको रकम हस्तान्तरण नहुने कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७६ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App