७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

दुई लाख रोहिन्जाले निकाले र्‍याली

बंगलादेशस्थित शरणार्थी शिविरमा रोहिन्जा शरणार्थीले निकालेको र्‍यालीका सहभागी।

ढाका – म्यानमारबाट विस्थापित भएका रोहिन्जा शरणार्थीले बंगलादेशस्थित शिविरमा ¥याली निकालेका छन्। म्यानमारमा आफ्ना आफन्तविरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको दिन पारेर झण्डै दुई लाख रोहिन्जा सहभागी भएर ¥याली निकालिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

सन् २०१७ को अगस्ट महिनाको २५ तारिखका दिन म्यानमारको रखाइन राज्यमा भएको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिन्जा विस्थापित भएर बंगलादेशको शरणार्थी शिविरमा बस्दै आएका छन्।

आइतबारको  र्‍यालीमा बालबालिका र बुर्का लगाएका महिला पनि सहभागी भएका थिए। उनीहरुले रोहिन्जा जिन्दावाद भनेर नारा पनि लगाएको एएफपीले उल्लेख गरेको छ।

म्यानमारको रखाइन राज्यमा भएको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिन्जा विस्थापित भएर बंगलादेशको शरणार्थी शिविरमा बस्दै आएका छन्।

अहिले रहेको बंगलादेशको शरणार्थी शिविरलाई संसारकै ठूलो शरणार्थी शिविर मान्ने गरिएको छ।  म्यानमारको रखाइन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीका बीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरु विस्थापित भएको अधिकारीले जनाएका छन्।

विस्थापित भएका रोहिन्जालाई बंगलादेशमा शिविर बनाएर राखिएको छ। त्यहाँ उनीहरुलाई शिविर रहेको क्षेत्रभन्दा बाहिर हिँड्न स्वतन्त्रता दिइएको छैन। शरणार्थीलाई स्वदेश फर्काउने बारेमा सन् २०१७ मै बंगलादेश र म्यान्मारबीच सम्झौता भएको थियो तर हालसम्म सो सम्झौता कार्यान्वयन हुन सकेको छैन।

सुरक्षा र नागरिकताको सुनिश्चितता नभएको भन्दै शरणार्थीले सम्झौता अनुसार स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन्। पछिल्लो पटक गत बिहीबार ३ हजार ५ सय शरणार्थीलाई म्यानमार फर्काउने तयारी अन्तिम चरणमा पुगेको थियो तर शरणार्थीले सुरक्षा र नागरिकताको सुनिश्चितताको सर्त राखेपछि स्वदेश फर्काउने पछिल्लो प्रयास अर्थहीन भएको छ।

 

 

प्रकाशित: ९ भाद्र २०७६ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App