७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

जापान र अमेरिकाबीच व्यापार सम्झौता

टोकियो – जापान र संयुक्त राज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ। विश्वका प्रमुख औद्योगिक राष्ट्रको समूह (जी–७)को बैठकमा दुवै देशका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको छ।

‘वार्तामा ठूलो प्रगति भएको छ,’ अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हालेका जापानका अर्थमन्त्री तोसिमिचु मोटेगीले संवाददातासँग वासिङ्टनमा शनिबार संक्षिप्त प्रतिक्रिया दिँदै भने। मन्त्री मोटेगीको जापानी प्रतिनिधिमण्डल र अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरबीच तीन दिन व्यापार वार्ता भएको थियो।

अमेरिकी कृषिजन्य वस्तुमाथि लाग्दै आएको करलाई ट्रान्स–प्यासिफिक पार्टनरसिप (टिपिपी) सम्झौता बमोजिम अन्य देश सरह बनाउन जापान सहमत भएको छ।

‘वार्तामा भएका प्रगतिका बारेमा जापान–अमेरिका सम्मेलनमा सार्वजनिक गरिनेछ,’ मोटेगीले बताए। सो सम्मेलन फ्रान्समा आयोजना हुने जी–७ को बैठक कै अवसरमा हुँदैछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच निकै सुमधुर सम्बन्ध रहेको छ तर राष्ट्रपति ट्रम्पले जापानमाथि द्विपक्षीय व्यापारमा अमेरिकाबाट अनपेक्षित लाभ पाइरहेको आरोप लगाउँदै आएका छन्। उनले दुबै मुलुकबीचको व्यापारिक सम्बन्धलाई बढी समावेशी बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।

लाइटिजर र मोटेगीबीचको छलफलमा अमेरिकी कृषिजन्य वस्तुमाथि लाग्दै आएको करलाई ट्रान्स–प्यासिफिक पार्टनरसिप (टिपिपी) सम्झौता बमोजिम अन्य देश सरह बनाउन जापान सहमत भएको छ। साथै जापानले अमेरिकाबाट आयात हुने मासुजन्य वस्तुको कर घटाउने तथा दुग्धजन्य वस्तुमा लगाउँदै आएको कोटा अबदेखि नराख्ने सहमति पनि भएको जापानी प्रसारण संस्था एनएचकेले जनाएको छ।

जापानले यसअघि टिपिपी सम्झौता बमोजिम कृषिजन्य वस्तुका सन्दर्भमा अन्य मुलुक सरहको व्यवहार गर्ने वचन अमेरिकालाई दिँदै आएको थियो।  पछिल्लो सहमतिमा अमेरिकाले जापानी औद्योगिक वस्तुमाथि अतिरिक्त कर नलगाउने जनाएको छ। तर जापानलाई टाउको दुखाई भएको जापानी सवारी साधनमाथि लाग्ने अमेरिकी करका बारेमा भने अहिले कुनै सहमति भएको छैन। दुबै मुलुकबीच अन्तिम सम्झौता अगामी सेप्टेम्बर महिनाको अन्त्यसम्ममा हुने जापानी सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: ९ भाद्र २०७६ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App