coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘अमेजन क्षेत्रमा डढेलोको समस्या चर्चा गरिएजस्तो छैन’

रियो दी जेनेरियो – ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले अमेजन क्षेत्रको डढेलोको समस्या अहिले ‘मानिसले चर्चा गरेजस्तो नरहेको’ बताएका छन्।

अमेजन क्षेत्रमा डढेलोबारे विश्वव्यापी रूपमा चासो व्यक्त गरिएको विषयलाई सम्बोधन गर्दै राष्ट्रपति बोल्सोनारोले पत्रकारसँगको कुराकानीमा भने, ‘हाम्रा एकाइहरुले उक्त क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा ल्याउन काम सुरु गरिसकेका छन्। अहिले जंगलमा आगो विश्वव्यापी रूपमा चर्चा गरिएजस्तो विकराल अवस्थामा फैलिएको छैन।

वन क्षेत्रमा नभई स्थानीयद्वारा पहिले नै फडानी गरिएको खाली क्षेत्रमा डढेलोको बढी प्रभाव परेको हो,’ राष्ट्रपति बोल्सोनारोलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। ब्राजिलमा यसवर्ष औसत संख्यामा नै डढेलोका घटना भएको राष्ट्रपतिले बताए। ‘विगत केही वर्ष यता हेर्दा यस वर्ष डढेलोका घटना कम भएका सरकारी मूल्याङ्कन रहेको छ,’ उनले भने, ‘विश्व समुदायको ध्यानाकर्षण भएको जंगल क्षेत्रको डढेलो अहिले सामान्य बन्दै गइरहेको छ।’

राष्ट्रपतिले यस्तो बताए पनि ब्राजिलको नेसनल इन्स्ट्च्यिुट फर स्पेस रिसर्चले ब्राजिलमा जनवरीदेखि अगस्टबीचको तथ्याङ्क हेर्दा यो समयमा डढेलोको समस्या ८२ प्रतिशतले वृद्धि भएको र यसको आधा भाग अमेजन क्षेत्रको औसत धेरै वर्षा हुने घना जंगलमा लागेको पाइएको उल्लेख छ।
अमेजनको अत्यधिक वर्षा हुने जंगलको ६० प्रतिशत भूभाग ब्राजिलमा पर्छ। बाँकी ५५ लाख वर्गकिलोमिटर जंगल दक्षिण अमेरिकामा पर्छ। अमेजन क्षेत्रमा भएको डढेलोलाई लिएर विश्वभरका वैज्ञानिक, वातावरणविद् तथा वन्यजन्तुविद्ले चासो व्यक्त गरेपछि यसको चर्चा विश्वभर फैलिएको हो।

 

प्रकाशित: ९ भाद्र २०७६ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App