६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

ट्रम्पले जितेपछि एक अमेरिकी प्राध्यापकले किरा खाए ! (भिडियाे)

वाशिड्गटन– अमेरिकी राष्ट्रपतिकाे चुनावमा डोनाल्ड ट्रम्पले जिते भने किरा खाने बाचा ट्वीटरमार्फत सार्वजनिक गरेका एक अमेरिकी प्राध्यापकले अाफ्नाे बाचा पूरा गर्दै किरा खाएका छन्।

अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक तथ्यांकशास्त्री तथा न्यूरो साइन्टिस्ट साम वाङले शनिबार केवल टेलिभिजन नेटवर्क (सीएनएन) सँगको लाइभ अन्तरवार्ताका क्रममा सबैका अगाडि किरा खाएर अाफ्नाे वाचा पूरा गरेका हुन्।

चिनियाँ मुलका प्राध्यापक वाङ ‘प्रिन्सटन इलेक्सन कन्सोरटीयम’का संस्थापक पनि हुन्। उनी आफ्नो भविष्यवाणिमा यति ढुक्क थिए कि डोनाल्ड ट्रम्पले चुनाव जित्ने त कुरै छाडौं, २४० भन्दा बढी इलेक्ट्रोरल मत ल्याए किरा नै खाइदिन्छु भनेर टुइट् गर्दै अाफ्नाे बाचा सार्वजनिक गरेका थिए।

लाइभ अन्तर्वार्ताका क्रममा सीएनएनका पत्रकारले चुनावी सर्वेक्षण नतिजा किन गलत भयो भनेर प्राध्यापक वाङसँग कुराकानी गरेका थिए। कुराकानीकै क्रममा उनले किरा खाने भनी गरेको प्रतिज्ञा बारे सम्झाएका थिए।

त्यसपछि वाङले एउटा बट्टाबाट किरा निकाले, त्यसमा मह हाले । र, चम्चाले झिकेर खाए।

किराको स्वाद कस्तो लाग्यो भनेर पत्रकारले साेधे। जवाफमा प्राध्यापक वाङले भने–  ‘नट्टी, काजु-बदाम खाए जस्तो, ‘किरा प्रोटिन र अन्य पौष्टिक तत्वको श्रोत हो भन्ने पनि मैले सुनेको छु।’

राष्ट्रपति चुनाव जित्न कुल २७० मत जित्नु पर्थ्यो, ट्रम्पले त्यसभन्दा पनि बढी अर्थात् २९० मत प्राप्त गरेका थिए।

अाफ्नाे वाचा पूरा गरेकाे सीएनएनका पत्रकारले उनललार्इ धन्यवाद दिएका थिए।

भिडियाे हेर्नुस्

प्रकाशित: २९ कार्तिक २०७३ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App