भगवानलाई उपकुलपति बन्न ओलीको प्रस्ताव

सोमबार, ०९ भदौ २०७६, ०६ : ५१ सुनिल सापकोटा

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ उपकुलपति पाउन सकेको छैन। त्रिविकी शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ। सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका लागि सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलको संयोजकत्वमा तीनसदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा कमलप्रसाद गुरागाईं र दिल्लीप्रसाद शर्मा सदस्य छन्।

शिक्षामन्त्री गिरिराजमणि पाखरेलको संयोजकत्वमा बनेको समितिले तीन साता बित्दा पनि उपकुलपतिका लागि योग्य व्यक्ति फेला पार्न सकेको छैन। त्रिभुवन विश्वविद्यालय ऐनमा सहकुलपतिको संयोजकत्वमा सिनेटका दुई सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने व्यवस्था छ। समितिले सिफारिस गरेको व्यक्तिलाई कुलपति एवं प्रधानमन्त्रीले उपकुलपतिमा नियुक्त गर्ने प्रावधान छ। त्रिविको उपकुलपतिका लागि त्रिविका निवर्तमान उपकुलपतिदेखि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन अरुण सायमीसम्मको चर्चा छ।

त्रिविको उपकुलपति बन्न निवर्तमान उपकुलपति तीर्थ खनियासहित सुधा त्रिपाठी, अरुण सायमी, उपेन्द्र कोइराला, डिल्ली उप्रेतीलगायतको दौडधुप चलेको छ।

त्यस्तै मध्यपश्चिम विश्वविद्यालयमा कार्यकाल सकिएर बाहिरिएका उपेन्द्र कोइराला, त्रिविकी निमित्त उपकुलपति त्रिपाठी, रजिस्ट्रार डिल्ली उप्रेतीलगायतको पनि दौडधुप चलेको छ। प्रधानमन्त्री स्वास्थ्यउपचारको क्रममा सिंगापुरमा रहेकाले पनि उपकुलपति नियुक्तिको प्रक्रिया केही समय धकेलिने देखिन्छ। सिफारिस समितिले विभिन्न व्यक्तिको नाममा छलफल गरिरहेको जनाएको छ।

प्रधानमन्त्री केपी ओलीले भने वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई उपकुलपति बन्न आग्रह गरेको उनी निकट स्रोतले नागरिकलाई बतायो। कोइरालाले बालबालिकाको उपचारका लागि चाइल्ड हेल्थ हस्पिटल स्थापनामा लाग्नुपर्ने भएकाले उपकुलपति बन्न तत्काल निर्णय दिने अवस्थामा आफू नरहेको प्रतिक्रिया दिएको पनि स्रोतले बतायो। प्रधानमन्त्रीनिकट नेकपाका एक नेताले त्रिविलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउनुहुन्न भन्ने पक्षमा प्रधानमन्त्री रहेको बताए। ‘डा. कोइरालालाई यसका लागि उपयुक्त पात्र ठानी उपकुलपति बन्न आग्रह गरिएको हो’, उनले भने। डा. कोइरालाले आफूले भनेजस्तो हुने भएमात्र यस विषयमा सोच्न सकिने जबाफ दिएको पनि उनले बताए।

डा. कोइराला स्वयंले भने यस विषयमा मुख खोलिसकेका छैनन्। नागरिकले प्रतिक्रिया लिन खोज्दा उनले अहिले नै प्रतिक्रिया दिने पक्षमा आफू नरहेको बताए। उनले प्रधानमन्त्रीबाट प्रस्ताव आएको भने संकेत गरे।








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad