coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चितवन प्रशासनको कडा आदेश, पाँच जना भन्दाबढी एकै ठाउँमा जम्मा हुन नपाइने

चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले आज सोमबारदेखि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेकाे छ। जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्दै सुरक्षा निकायले यस्ताे निर्णय गरेकाे हाे।

आइतबार राती सकिएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदखि अर्को आदेश नभएसम्मका लागि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेकाे हाे।
बैठकले साेही ऐनअनुसार तोकिएको चार किल्ला भित्र पाँचजना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गर्दै थप सुरक्षा कर्मी परिचालन गर्ने निर्णय गरेकाे छ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, शान्ति व्यवस्थामा खलल पुर्याउने खोज्नेलाई कडा कारवाही गरिने छ।

प्रशासनले तोकेको चार किला यस्तो

पूर्वः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालय चोकदेखी घरेलु कार्यालयको चोकसम्म

पश्चिमः पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखी चौविसकोठी चोकसम्म ।

उत्तरः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्याललको चोकदेखी भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक–नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौविसकोठी चोकसम्म ।

दक्षिणः बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म ।

उत्तरः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्याललको चोकदेखी भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक–नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौविसकोठी चोकसम्म ।दक्षिणः बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म ।

प्रकाशित: ८ भाद्र २०७६ २२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App