coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्योः नेता केसी

फाइल तस्बिर

नुवाकोट– संघीयता गाउँसम्म पुग्नुपर्नेमा भ्रष्टाचार पुगेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताएका छन्।

नुवाकोटका सञ्चारकर्मीसँगको भेटघाटमा नेता केसीले जनताबाट उठाएको करको प्रतिफल जनताले महसुस गर्न नपाएको र स्थानीय स्तरमा नै भ्रष्टाचारको गाज मौलाउँदै गएको बताए। ‘लोकतान्त्रिक पद्धति भनेको गल्ती हुन्छ काम गर्दा, त्यसलाई महसुस गरेर सच्याउनु पर्छ। गल्ति हाम्रो नेतृत्वमा पनि भयो होला। तर अहिले नेपालको इतिहासको शर्वशक्तिमान सरकार रहेको छ। कसैले रोक्न सक्दैन। हिम्मत आँट तागत छ भने भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सक्छ। तर, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्दै गएको छ’, नेता केसीले भने, ‘सरकार आफै प्रख्यात हुन सक्छ। ललिता निवासको जग्गा, वाइडवडी जस्ता काण्डमा आवद्धहरुलाई कानुनी दायरामा ल्याउन सक्यो भने। जुनसुकै पार्टी र हैसियतमा भएको भए पनि भ्रष्टाचारमा आवद्ध भएकालाई सरकारले नङ्गाउन सक्नुपर्छ।’

नेपाल सरकार समक्ष शान्ति सुरक्षाको विषयमा प्रश्न नै प्रश्न उठ्न थालेको नेता केसीले बताए। बर्ष दिन बितिसक्दा पनि निर्मला पन्तको बलत्कार पछिको हत्यामा संलग्नको सुइको समेत पत्ता लगाउन सरकार असक्षम भएको नेता केसीले बताए। ‘देशमा हत्या भन्दा आत्महत्याको घटना बढिरहेको छ। आत्महत्या  बढ्नुमा आर्थिक, सामाजिक, व्यवहारिक, मनोबैज्ञानिक पक्षबाट सोच्नु जरुरी छ’, पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयलाई लिएर केसीले भने, ‘पत्रकार शालिकरामको केश चलिरहेको छ। हत्या हो कि आत्महत्या दुवै पक्षबाट हेरिनु आवस्यक छ। संयुक्त रुपबाट अनुसन्धान गर्नु पर्नेमा प्रहरी मर्न बाध्य बनाउनेहरुको प्रमाण जुटाउन लागि परेको छ। यसले गर्दा हत्या नै भएको रहेछ भने अपराधीहरु उम्कन सक्छ। मृतकप्रति अन्याय हुन्छ। प्रहरीसँग भएको सबुत अनुसन्धान गर्नु पर्नेमा सार्वजनिक भएपछि न्यायलयप्रति अविश्वास बढ्छ।’

१४औं अधिवेशनको संघारमा रहेको कांग्रेस पार्टी आन्तरिक द्धन्द्वमा रहेको उनले स्वीकारेका छन्। अहिलेकै स्थितिमा पार्टी सञ्चालन गरेर नेपाल कम्युनिस्ट पार्टीसँग प्रतिष्पर्धा गर्न नसक्ने उनले बताए। ‘आन्तरिक द्धन्द्व व्यवस्थापन गरेर फेरी हामी हिमाल जस्तै खडा हुन चट्टान जस्तै भएर लाग्नेछौँ’, उनले भने।  

प्रकाशित: ८ भाद्र २०७६ १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App