६ वैशाख २०८१ बिहीबार
समाज

४१ तिब्बती पक्राउ

धनगढी- नेपालको वाटो हुँदै भारत तर्फ गईरहेका ४१ जना तिव्वती नागरिकलाई प्रहरीले सोमवार धनगढीमा पक्राउ गरेको छ। पक्राउ गरिएका ४१ तिव्वती नागरिकलाई सोमवार नै अध्यागमन बिभाग काठमाडौं पठाइएको छ।

काठमाडौंबाट बसमा चढेर भारत तर्फ गइरहेका ४१ जना तिव्वती नागरिकलाई सोमवार दिउँसो बर्दादेवी होटलमा खाना खान रोकेका वेला प्रहरीले पक्राउ गरेको हो। ४१ जना तिब्बती नागरिक पक्राउ गरेको कैलाली काप्रहरी उपरीक्षक राजेन्द्र बिष्टले बताए । काठमाडौंबाट भारतका धार्मिक स्थल जान तिब्बति आएको बुझीएको उनले बताए। कुनै पनि परिचय खुल्ने डकुमेन्ट र कागजपत्र उनीहरु सँग छैनन्।  वसका चालक केनटुङटासीले आफू पनि तिव्वती भएको र ४१ जना सवै तिव्वती नागरिक भएको बताएका छन। भारतको बोधगया, बनारस,कुशीनगर,लुम्वीनी भ्रमण गर्ने उदेश्यले त्यता जान लागेको उनले बताए।  यस अघि पनि पटक पटक महेन्द्रनगरको गड्डाचौकी नाकावाट तिव्वतीहरुलाई भारत तर्फ लैजाने गरेको उनको भनाई छ।

‘मेरो उमेर ४५ बर्ष भयो, मैले बषौदेखि भारततर्फ तिव्वती धार्मिक पर्यटक लैजाने गर्दै आएको छु, अहिले सम्म कसैले रोकेन’उनले भने। कुनै पनि कागजपत्र नपाएकाले पक्राउ गरेका ४१  जनालाई अध्यागमन बिभाग कार्यालयलाई बुझाइएको प्रहरी उपिरीक्षक बिष्टले बताए।

केहीजनासँग भेटिएको परिचयपत्रमा भारतीय नागरिक भनेर उल्लेख गरिएको पाइएको अध्यागमन बिभाग कार्यालय त्रिनगर कैलालीका प्रमुख दिपकबहादुर खड्काले बताए। केन्द्रमा जानकारी गराउँदा केन्द्रमै पठाइदिन भनेकाले सोमवार साँझ नै एक जना अध्यागमनका कर्मचारी र प्रहरीको टोली सहित उनीहरुलाई अध्यागमन कार्यालय काठमाडौं पठाइएको उनले बताए।  

प्रकाशित: २९ कार्तिक २०७३ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App