सबै स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

आइतबार, ०८ भदौ २०७६, १७ : ३५ नागरिक

हेटौँडा- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका हरेक स्थानीय तहमा एक÷एक वटा उद्योग ग्राम स्थापना गरिने बताएका छन्। यहाँ जारी महिला उद्यमी मेलाको आज समापन गर्दै उनले प्रदेश सरकार महिला उद्यमीको मनोबल बढाउन तथा उद्योग व्यवसायको प्रवद्र्धधन गर्न तयार रहेको बताए।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने धारणा राखेका थिए। समृद्धि कराएर वा रटान दिएरमात्रै प्राप्त नहुने बताउँदै उनले उद्यम नगरे समृद्धि नआउने उल्लेख गरे। उनले महिलाले सञ्चालन गरेका उद्यमलाई पुरुषको सक्दो सहयोग हुनुपर्ने धारणा राखेका थिए।

नेपाली उत्पादनको लागत बढी भएकाले उनले लागत कम गर्न आवश्यक सीप वा प्रविधि भित्र्याउन आवश्यक रहेकामा जोड दिए। प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले महिला उद्यमीलाई विनाधितो ऋण दिनुपर्ने धारणा राखे। उनले विदेशी उत्पादन भित्र्याउनेभन्दा पनि नेपाली उत्पादनलाई विदेशी बजारमा पु¥याउन पहल गरिनुपर्ने बताए।

अर्का प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले महिला साच्चै नै इमान्दारितापूर्वक व्यवसाय सञ्चालन गर्छन् भन्ने कुरा धेरै उदाहरणले पुष्टि गरिसकेकाले उनीहरुको उद्यमशीलतालाई थप विकसित बनाउन विना हिच्किचाहट लगानी गर्न वित्तीय संस्थालाई अनुरोध समेत गरे।रासस




यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad