coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले एकको मृत्यु सात घाइते

चौतारा- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित निर्माणाधीन अपर बलेफी जलविद्युत आयोजनामा पहिरो खसेर त्यहाँ कार्यरत एक कामदारको मृत्यु भएको छ। अन्य सात जना घाइते भएका छन् भने उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।     

आज बिहान माथिबाट आएको पहिरोले त्यहाँस्थित बेस क्याम्पमा सुतिरहेका बर्दिया जिल्ला बहराइया गाउँपालिका–१ निवासी अन्दाजी ३२ वर्षीय अनिल विकको घटनास्थलमा मृत्यु भएको हो।

अन्य सात जना भने भाग्न सफल भएकाले सामान्य घाइते मात्र भएका प्रहरीले जनाएको छ। छत्तीस मेगावाट क्षमताको उक्त आयोजना शिवश्री हाइड्रोपावरद्वारा निर्माण भइरहेको छ।रासस

प्रकाशित: ८ भाद्र २०७६ ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App