coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सहरी विकासमन्त्रीमाथि प्रश्नको वर्षाः नयाँ व्यवस्थित सहर बनाउने योजना कहाँ पुग्यो ?

काठमाडौं– प्रतिनिधिसभाको विकास समितिमा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईलाई प्रश्नहरुको वर्षा भएको छ। विकास समितिको आइतबार बसेको बैठकमा मध्य पहाडी लोकमार्ग र हुलाकी राजमार्ग आसपास १८ वटा सहर उन्मुख गाउँहरुलाई नयाँ व्यवस्थित सहर बनाउने सरकारको योजना कहाँ पुग्यो भनेर सहरी विकासमन्त्रीसँग जवाफ लिने कार्य सुची थियो।

यसमा जानकारीसहित समितिको बैठकमा उपस्थित भएका मन्त्री राईलाई दर्जन बढी सांसदहरुले नयाँ सहरी कार्यक्रम कहाँ र कसरी भइरहेको भनेर प्रश्न साधेका थिए। समितिको बैठकमा पूर्वसहरी विकासमन्त्री समेत रहेका सांसद प्रभु साहले कुन कुन सहरको लागि कसरी काम भइरहेको भनेर प्रश्न सोधेका थिए।

सांसदहरुले सबै १८ वटा नया सहर बनाउने योजना भन्दा पनि पहिला एउटा नमुना सहर बनाएर दिएका थिए।  बैठकमा प्रभु साह सांसद तथा विकास समिति सदस्य, गणेश पहाडी सांसद तथा विकास समिति सदस्य, बहादुरसिं लामा सांसद तथा विकास समिति सदस्य, रामबहादुर बिष्ट सांसद तथा विकास समिति सदस्य, रंगमति शाही सांसद तथा विकास समिति सदस्य र राजेन्द्र लिङ्ग्देन सांसद तथा विकास समिति सदस्यले प्रश्न गरेका थिए।

समितिका सदस्यहरुको प्रश्न सुनेपछि जवाफ दिदै मन्त्री राइले काम गराई ढिलो भए पनि काम नरोकिएको बताए। काम छिटो गर्न कर्मचारी र बजेटको अभाव रहेको भन्दै काम गर्न गाह्रो परेको गुनासो गरेका थिए।

सरकारले मध्य पहाडी लोकमार्गमा १० वटा र हुलाकी राजमार्गमा ८ वटा व्यवस्थित सहर विकास गर्ने भनेर आर्थिक वर्ष २०६७/६८ देखि काम गर्दै आएको छ। यसको काम भने निकै नै सुस्त भएको भनेर आलोचना पनि हुँदै आएको छ।

प्रकाशित: ८ भाद्र २०७६ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App