सात वर्षीया बालिका बलात्कृत, एक पक्राउ

आइतबार, ०८ भदौ २०७६, १५ : ५१ शेरबहादुर जेरो

ओखलढुंगा– ओखलढुंगामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। उनलाई बलात्कार गरेको ओरोपमा एक १८ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ। नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा मोलुङ गाउँपालिका–६ का कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो। 

मंगलबार तामाङ्गले बालिकालाई घरमै बलात्कार गरेको आफन्तले जाहेरीमा उल्लेख गरेका छन्। अभिभावकको उजुरीका आधारमा तामाङ्गलाई पक्राउ गरिएको ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। पक्राउ परेका तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरि अनुसन्धान थालिएको छ। स्कुलबाट घर फर्केर गृहकार्य गरिरहेकी बालिकालाई तामाङ्गले जबरजस्तीकरणी गरेको बालिकाका आफन्तले दिएको उजुरीमा उल्लेख छ। 

यसैबीच ओखलढुंगाका एक वडा सचिवविरुद्ध जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता भएको छ। जिल्लाको सुनकोशी गाउँपालिका– ७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो। 

स्थानीय एक २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा वडा सचिव कट्वालविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।







यसमा तपाईको मत

अन्य समाचार

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

नेपालका लागि टिभिएस टू–ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आरम्भ गरेको उपभोक्तामुखी प्रवर्द्धन योजना टिभिएस दसैंको दौडले सबैलाई दौडमा निःशुल्क...

Ncell Footer Ad