coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विदेश पठाईदिन्छु भन्दै रकम ठगेर फरार कंडेल पक्राउ

काठमाडौं- वैदेशिक रोजगार कसुर मुद्दामा सजायँ फैसला भए पनि फरार वाग्लुङ विहु–८ घर भएका ४४ वर्षीय कृष्ण प्रसाद कडेललाई प्रहरीले पक्राउ गरेको छ। अदालतले उनलाई असार १९ गतेको फैसला अनुसार ३ वर्ष कैद र ३ लाख जरीवाना ठहर गरेको थियो।           

कडेललाई कात्तिक २६ गते गोगंबु बसपार्कबाट पक्राउ गरी सोमबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार, सुन्धारामा पठाएको छ।

कंडेलले वैदेशिक रोजगार व्यबसाय गर्न पाउने अनुमति बिना नै बाबुराम खरेललाई क्रुजको रोजगारको लागि नेदरल्याण्ड पठाईदिने भन्दै २०६७ फागुन १८ गते टुरिष्ट भिसामा थाईल्याण्ड बैंककसम्म पुर्‍याई नेदरल्याण्डको भिसा लगाउने भनी २०६७ फागुन ३० गते १३ लाख ठगी गरेका थिए।

प्रकाशित: २९ कार्तिक २०७३ ११:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App