८ वैशाख २०८१ शनिबार
समाज

मर्मत गरिएको तीन घण्टामै भासियो सडक, सवारी सञ्चालनमा रोक

रसुवा– पासाङ ल्हामु मार्गको राम्चे धुन्चे सडक खण्डको ब्राबलमा सडक भासिएपछि सवारी सञ्चालन रोकिएको छ। मर्मत गरेको तीन घण्टामै सडक भासिएपछि सडक अवरुद्ध बनेको हो।

शनिबार रातिको अविरल वर्षाका कारण भासिएको सडक आइतबार बिहान मर्मत गरिएको थियो। मर्मत गरेपछि बिहान १० बजेबाट सवारी सञ्चालनमा आएका थिए। तीन घण्टासम्म सवारी सञ्चालन भएपछि सडक पुनः भासिएको छ।

सडक भासिएपछि सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। आइतबार दिउँसो १ बजे फेरि सडक भासिएको हो। जिल्लाको अन्य क्षेत्रमा झरेको पहिरो पन्छाउने काम सकिएको उनको भनाइ छ।  जिल्लाको अन्य क्षेत्रमा अहिले अवरोध नभएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ८ भाद्र २०७६ ०८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App