coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पूर्वराजा ज्ञानेन्द्र र पारस शाहका अवाञ्छित गतिविधि रोक्न सांसदको माग

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद बलराम प्रसाद बाँस्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले राजाबाट नागरिक बन्न स्वीकार गरेको ज्ञानेन्द्र शाह र उनका छोरा पारसको अवाञ्छित गतिविधिहरु बढिरहेको भन्दै यसमा ध्यान दिन सरकारसँग आग्रह गरे। ‘दिनदहाडै विमानस्थलमा पारसको ताण्डव नृत्यको विरुद्धको सरकारको ध्यानाकर्षण भएको छ कि छैन?’ उनले प्रश्न गरे, ‘के भएको छ, सदनलाई जानकारी होस्।’

उनले पूर्वराज परिवारलाई संविधान र कानुनको दायरामा राख्न पनि माग गरे। ‘बगेको खोला फर्किँदैन भनेजस्तै नेपालमा राणा शासन फर्किएन, राजतन्त्र पनि फर्किँदैन। त्यो प्रतिगामी र पाश्चयगामी शासन हो। त्यो कुनै हालतमा पनि फर्किन सक्दैन। यो कुरामा सरकार दृढ भएर अघि बढ्नुपर्छ’, उनले भने। 

सांसद बाँस्कोटाले रवी लामिछानेको नाममा भइरहेको भीडतन्त्र नियन्त्रण गर्न पनि माग गरे। दिनदडाहै संविधान विरोधी गतिविधि गरेको भन्दै उनले आपत्ति समेत जनाए। 

उनले नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री एस जयशंकरलाई पूर्वप्रधानमन्त्रीहरु कुटनीतिक मर्यादालाई नाघेर लामबद्ध भएर भेट्न गएकोमा पनि आपत्ति जनाए।  

उनले कश्मीर प्रकरणमा सरकारको आधिकारिक धारणा समेत माग गरे। उनले देशभित्र भइरहेका अवाञ्छित गतिविधिहरुको पनि सरकारसँग माग गरे। 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले पूर्वराजालाई खेल्ने मौका दलहरुले नै दिएको टिप्पणी गरे। दलहरुको द्वन्द्वले यो अवस्था सिर्जना भएको उनको निष्कर्ष छ। मुलुकलाई समृद्धिमा लैजान सदनमा भएका दलको एउटै लक्ष्य हुनुपर्ने उनले बताए। मिलेर गए मात्रै परिवर्तन संस्थागत हुने उनको भनाई छ।

प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच भएको सम्वाद दुःखद भएको उनको भनाई छ। यसले हाम्रो गलत संस्कृतिलाई देखाएको र दलहरु परिवर्तनमा लाग्नुपर्नेमा आफैं गलत बाटोमा लागेको उनको भनाई छ। 

प्रकाशित: ८ भाद्र २०७६ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App