coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अमेरिका जाने नेपाली विद्यार्थीको संख्या १८ प्रतिशतले बृद्धि

काठमाडौं- अमेरिकी कलेज तथा विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीको संख्यामा अघिल्लो बर्षभन्दा १८.४% ले बृद्धि भएको छ। २०१६ को अन्तर्राष्ट्रिय शैक्षिक आदनप्रदानबारे आज जारी गरेको ओपेन डोर प्रतिवेदनले उक्त बृद्धी देखाएको हो। अमेरिकामा उच्च शिक्षा प्राप्त गर्ने विद्यार्थीहरुको संख्यामा लगातार ६ बर्ष सम्म गिरावट आएको थियो। सन् २००९ देखी ३०% ले कमी पछि यो बृद्धि आएको हो। त्यसैगरी, पहिलो पटक, सन् २०१५-१६ को शैक्षिक सत्रमा अमेरिकामा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या १० लाखले नाघेको छ। यो अघिल्लो वर्षभन्दा ७%ले बृद्धि हो।

यो शैक्षिक सत्रमा ९,६६२ विद्यार्थी भर्ना भएसँगै नेपाली विद्यार्थी समुदाय अमेरिकामा सबैभन्दा छिटो बढ्ने विद्यार्थी समुदायमध्ये एक बनेको छ। साथै, अघिल्लो वर्ष अमेरिकी विश्वविद्यालय तथा कलेजले १,०४४,००० अन्तर्राष्ट्रिय विद्यार्थी भर्नाको नयाँ उचाइ प्राप्त गरेको थियो, जुन सम्पूर्ण विद्यार्थी संख्याको ५% हो।

प्रकाशित: २९ कार्तिक २०७३ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App