coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रारा र दैलेखका लागि हेलिकोप्टर प्याकेज

सुर्खेत–सुर्खेत उद्योग वाणिज्य संघले मंसिर २३ गतेदेखि पुस तीन गतेसम्म सञ्चालन हुन लागेको कर्णाली एक्स्पो–२०७३ अन्तर्राष्ट्रिय व्यापार मेलामा मध्यपश्चिमका प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा र छिमेकी जिल्ला दैलेखका धार्मिक तथा ऐतिहासिक स्थलहरुको अवलोकनका लागि हेलिकोप्टर प्याकेज घोषणा गरेको छ। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्दै गएको भन्दै त्यसलाई अझ प्रवद्र्धन र प्रचार–प्रसार गर्नका लागि स्थलमार्गका साथै हेलिकोप्टर प्याकेज पनि सुरु गर्न लागिएको संघले जनाएको छ ।

संघका अध्यक्ष प्रकाश अधिकारीले स्थानीय घरेलु उत्पादन, कला संस्कृति, पहिरन र परिकारपनि महोत्सवको मुख्य आकर्षणका रुपमा रहने बताए । महोत्सव स्थलमा विभिन्न स्थानीय तथा राष्ट्रियस्तरका चार सय वटा स्टलहरुका साथै अलग्गै लगानी पवेलिएनसमेत निर्माण गरिने उनले बताए । नेपाल तथा भारतका सीमावर्ती क्षेत्रकासमेत गरी करिब ३ लाख दर्शकहरुले मेलाको अवलोकन गर्ने अपेक्षा संघले गरेको छ । महोत्सव अवधिभरी १५ करोड बराबरको कारोवार हुने अपेक्षा संघले राखेको छ ।  

कर्णाली एक्सपोमा छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश र थाइल्याडका उत्पादनहरुको छुट्टै ३० वटा अन्तर्राष्ट्रिय स्टलहरुका साथै सुर्खेतमा लगानी वर्ष जारी रहेको सन्दर्भमा ति देशहरुका उद्योगी, व्यापारी र व्यवसायीहरुसंग लगानीका सम्भावनाहरुबारे अन्तर्राष्ट्रियस्तरको सेमिनारको आयोजना महोत्सव अवधिमा गरिनेछ ।

उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापना गर्ने हेतुले आयोजना गर्न लागिएको मेलामा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त पहाडी जिल्लाका खानीखनिज, कृषि जन्य र अन्य उत्पादनहरु र कृषिजन्य उत्पादनहरु, हस्तकला एवं घरेलु तथा साना उद्योगहरुबाट उत्पादित सामाग्रीहरुको बजारको प्रबद्र्धन र निर्यातको खोजीका लागि सघाऊ पुगोस् भन्ने उद्देश्यले मध्यपश्चिमका उद्योग वाणिज्य संघहरुलाई १० वटा स्टल निःशुल्क उपलब्ध गराइने संघले जनाएको छ ।

‘जसले गर्दा पश्चिम नेपालका उद्योग वाणिज्य संघहरुलाई एकै थलोमा राखी मेलाको आकर्षण बढ्नेछ भन्ने हामीलाई विश्वास लागेको छ’ संघका महासचिव गोपालकृष्ण गिरीले भने, ‘मुलुकको औद्योगिक उत्पादनहरुको बजार पहिचान, सम्भाव्य लगानी क्षेत्रहरु, कृषि र खनिज जन्य वस्तुको औद्योगिकरण, जलश्रोत र पर्यटन क्षेत्रमा सम्भाव्य लगानी, औद्योगिकरणका लागि नयाँ प्रविधिबारे जानकारी गराई मुलुकको समग्र विकासमा यस मेलाका माध्यमबाट टेवा पु¥याउनेछ भन्ने विश्वास हामीले लिएका छौं ।’

उद्घाटन र समापन समारोहको दिनसमेत गरी ११ दिन संगीत साँंझ, सांँस्कृतिक कार्यक्रम तथा मनोरञ्जन कार्यक्रम मेलाको अर्को आकर्षण रहनेछ । उपरोक्त कार्यक्रममा स्थानीयस्तरका उदियमान एवं स्थापित कलाकारहरुसंगै राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अद्भूतपूर्व जमघट गराउने लक्ष्य संघले राखेको छ । राष्ट्रियस्तरमा नै लोकप्रिय बन्दै आएको पश्चिम नेपालका देउडा एवं लोक दोहोरी–संगीत “कर्णाली एक्स्पो अन्र्तराष्ट्रिय व्यापार मेला २०१६” को अर्को मनोरञ्जन प्रस्तुतिका रुपमा रहने छ ।

 

प्रकाशित: २९ कार्तिक २०७३ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App