१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोटरसाइकल बम विस्फोटमा परी चारको मृत्यु तीस घाइते

बग्दाद – इराकको राजधानी बग्दादको दक्षिणी सहर बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुँदा चार व्यक्तिको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ३० व्यक्ति घाइते भएका छन् ।

इराकको गृह मन्त्रालयले सो घटनाको पुष्टि गरेको छ । इराकको राजधानी बग्दादबाट करिब ८० किलोमिटर टाढा रहेको अल मुसायब शहरको व्यस्त बजार इलाकामा मोटरसाइकलमा जडान गरिएको बम विस्फोट गराइएको थियो ।

यस विस्फोटबाट कैयौं पसल, भवन र नजिकै रहेका सवारी साधन ध्वस्त भएको पनि गृह मन्त्रालयको स्रोतले जानकारी दिएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन तर इराकमा बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट्स (आइएस) समूहको नै यस आक्रमणमा हात रहेको हुनुपर्ने प्रहरीको दाबी रहेको छ । यद्यपी सन् २०१७ को अन्त्यबाट इराकमा नाटकियरुपबाट सुरक्षा व्यवस्थामा सुधार भएको थियो ।

प्रकाशित: ८ भाद्र २०७६ ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App