७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बसीरको मुद्दामाथि अर्को सुनुवाई आगामी शनिबार हुने : सुडान

खार्तुम - सुडानको एक अदालतले पूर्व राष्ट्रपति ओमार अल–बसीरमाथि लागेको भ्रष्टाचार आरोपबारेमा अर्को सुनुवाई आगामी शनिबार गर्नेगरी तय गरेको छ। “पूर्व राष्ट्रपति बसीरको भ्रष्टाचार आरोपबारेमा अर्को चरणको सुनुवाई अगस्ट ३१ (शनिबार) हुनेगरी तोकेको छ,” बसीरको पक्षमा वकालत गर्ने वकीलहरूको समूहका प्रमुख अहमद इब्राहिम अल–ताहिरले राजधानी खार्तुममा भएको पत्रकारसँगको कुराकानीमा बताए।

“यो बसीरको मुद्दामा हुने तेस्रो चरणको सुनुवाई हो र हामी अझैपनि पैरवी मुद्दामा छौँ। जहाँ अभियोजनकर्ताका प्रतिनिधिले तीन सहयोगीमाथिको सोधपुछ जारी रहेको छ।”
अल ताहिरले भने, “बसीरको पक्षका वकीलहरूको समूहले अल–बसीरलाई धरौटीमा रिहा गर्न अनुरोध गरिरहेका छन्। उनीहरू न्यायाधीशले बसीरलाई धरौटीमा रिहा गर्नेमा विश्वस्त रहेका छन्।”

सुडानमा बढ्दो महङ्गी, भ्रष्टाचार, र आर्थिक अनियमितता नियन्त्रण गर्न नसकेको भन्दै सुडानी जनताले लामो समयसम्म सशक्त आन्दोलन गरेपछि सेनाको सहयोगमा बसीरलाई गत अप्रिलमा पदच्युत गरिएको थियो।

बसीरलाई पदच्युत गरिएपछि गैरकानूनीरूपमा उहाँको घरमा राखिएको करिब ११ करोड ३० लाख अमेरिकी डलर जफत गरी मुद्दा अघि बढाइएको छ। उहाँमाथि पदीय मर्यादा विपरित भ्रष्टाचार गरेको र आर्थिक अनियमिततम गरी अकुत सम्पत्ती आर्जन गरेको आरोपमा अदालतमा परेको मुद्दामाथि दुई चरणमा सुनुवाई भइसकेको छ।
 

प्रकाशित: ८ भाद्र २०७६ ०५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App