७ वैशाख २०८१ शुक्रबार
समाज

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

फाइल तस्बिर

काठमाडौं - सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ। नेशनल युनिभर्सिटी हस्पिटल सिंगापुररत प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए।

रिमालका अनुसार प्रधानमन्त्री ओलीको उपचारका क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेशनल युनिभर्सिटी हस्पिटल सिंगापुरमा शुरु गरिएको हो। निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहकालाई उदृत गर्दै रिमालले भनेका छन्, 'अनुसार यो उपचार प्रक्रिया अरु केही पटक गरिनेछ।'

प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको छ। मिर्गौलामा यसरी बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस् उपचार पद्दति अपनाइन्छ। 

प्रधानमन्त्री ओलीलाई गत बिहीबार उपचारका लागि साताकै बीचमा दोस्रो पटक सिंगापुर लगिएको हो। त्यसअघि उनी १० दिन सिंगापुरमा उपचारका लागि गएका थिए।

प्रकाशित: ८ भाद्र २०७६ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App