८ वैशाख २०८१ शनिबार
राजनीति

केयु भिसी कार्यालयको तोडफोडको जिम्मा अखिल क्रान्तिकारीले लियो

काठमाडौं- काठमाडौं विश्वविद्यालयको उपकूलपति (भिसी)  कार्यालयमा भएको तोडफोडको जिम्मा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले लिएको छ। एमविविएस भर्नामा मेरिड लागु नगरेको र मनपरि शुल्क असुल गरेको भन्दै कारबाही गर्नु परेको अखिल क्रान्तिकारी केयू संयोजक डा. अच्युत भट्टले जानकारी दिए। शिक्षामन्त्रालयले गत बर्ष देखिनै एमविविएस शुल्क तोक्नुका साथै मेरिड भर्ना लागु गरे पनि यो बर्ष कलेजहरुले अटेरि गर्दै आएका छन्। शिक्षामन्त्रालयमा माओवादी नेतृत्वनै भए पनि शुल्क र सिट सीमा लागु गर्न सकेको छैन। सरकारको नेतृत्व आफ्नै पार्टीले गरे पनि कलेजको दादागिरीमा प्रशासन मौन बसेपछि कारबाही गर्नुको विकल्प नभएको बताए।  

क्रान्तिकारीले नीजि कलेजहरुसँग विश्वविद्यालय प्रशासनले सांठगांठ गर्दै मनपरि गर्न छुट दिएको आरोप लगाएको छ। विश्वविद्यालय हिटलरीकरण तर्फ अघि बढेकोले यो कारबाही गर्नु परेको क्रान्तिकारीले जनाएको छ। क्रान्तिकारीले नीजि मेडिकल कलेजको मनोमानी विरुद्ध कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

सोमबार बिहान करिब १०:३० बजे मोटरसाइकलमा आएका व्यक्तिले उपकूलपति कार्यालयभित्र प्रवेश गरी कम्प्युटर, प्रिन्टर, झ्याल तथा ढोका तोडफोड गरेका थिए।  

डिजिटल लक सिस्टम रहेको उपकूलपति कार्यालयमा प्रवेश पाउन पिनकोड डायल गर्नुपर्ने अथवा कार्ड स्वाप गर्नुपर्ने हुन्छ। आक्रमणकारीले ढोकाबाट मान्छे बाहिरिएपछि ढोका लक नहुँदै भित्र प्रवेश गरी आक्रमण गरेका थिए।  

 

प्रकाशित: २९ कार्तिक २०७३ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App