४ वैशाख २०८१ मंगलबार
समाज

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवा - अविरल वर्षाका कारण शनिबार राति     आएको पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ। जिल्लाको बेत्रावतीदेखि रसुवागढीसम्म चार स्थानमा पहिरो गएको छ। जिल्लाको राम्चे, ब्राबल, लिङलिङ र तातोपानी क्षेत्रमा पहिरो गएको हो।

पहिरो पन्छाउने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। उनका अनुसार पहिरो पन्छाउन करिब दुई घण्टा लाग्ने छ।

स्याउबारी–स्याफ्रु सडक सडक डिभिजन, स्याफ्रु–रसुवागढी सडक खण्डमा विभिन्न जलविद्युत् आयोजनाले पहिरो पन्छाउने काम गरिरहेका छन्। यसका लागि सडक डिभिजनका कर्मचारी, नेपाल प्रहरी समेत परिचालन गरिएको उनको भनाइ छ।

प्रकाशित: ८ भाद्र २०७६ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App