७ वैशाख २०८१ शुक्रबार
खेल

सेरेना र सारापोभाबीच रोचक भिडन्त

न्युयोर्क – सातौं पटक युएस ओपन उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने सेरेना विलियम्सले मंगलबार पहिलो चरणमा चिरपरिचित प्रतिद्वन्द्वी मारिया सारोपोभाविरुद्ध चुनौती प्रस्तुत गर्ने भएकी छन्।

अस्ट्रेलियन खेलाडी मार्गरेट कोर्टको नाममा रहेको २४औं ग्रान्ड स्लामको रेकर्ड बराबरी गर्नेका लक्ष्यका साथ सेरेनाले युएस ओपनको पहिलो खेलमा सारापोभाविरुद्ध चुनौती प्रस्तुत गर्ने भएकी हुन्। अमेरिकी स्टार सेरेना धेरै ग्रान्ड स्लाम जित्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छिन्। उनले २३औं पटक ग्रान्ड स्लाम जितेकी छन्। उनी लामो सयमदेखि मार्गरेटको उक्त रेकर्ड बराबरी गर्ने लक्ष्यमा छिन्।

घरेलु मैदानमा हुने युएस ओपनमा सेरेना लामो समयदेखिको प्रतीक्षा यस पटक पूरा गर्न चाहन्छिन्। त्यसका लागि सेरेनाले पहिलो चरणमा रूसी सुन्दरी सारापोभालाई पन्छाउनुपर्नेछ। सारापोभासँगको हेड टु हेडमा पनि सेरेना अगाडि छिन्। सारापोभासँगको कुल २२ भेटमा सेरेनाले १९ जित आफ्नो पक्षमा पारेकी छन्। यी दुईबीच सन् २०१६ भित्र नै १८ पटक भेट भएको थियो। गत वर्ष अन्तिम पटक रोलान्ड गारोसमा भेट हुँदा सारापोभा वाकओभर पाउँदै प्री क्वार्टरफाइनलमा पुगेकी थिइन्।

यद्यपि, पछिल्ला पटक तीनवटा ग्रान्ड स्लामको फाइनल गुमाएपछि रेकर्ड बराबरी गर्ने सेरेनाको लक्ष्य धकेलिँदै गएको थियो। यस वर्षको अन्तिम ग्रान्ड स्लाम सोमबारबाट सुरु हुँदा सेरेना त्यसलाई जोगाउने लक्ष्यमा हुनेछिन्। गत महिना विम्बल्डनको फाइनलमा सिमोना हालेफसँग हार बेहोरेकी ३७ वर्षीया सेरेना गत संस्करणको युएस ओपनको उपाधि भिडन्तमा जापानिज युवा स्टार नाओमी ओसाकासँग स्तब्ध भएकी थिइन्।

ओसाकासँगको भिडन्तमा अम्पायर कार्लोस रामोससँग विवादका कारण सेरेनामाथि जरिवाना पनि भएको थियो। युएस ओपनको अफिसियलका अनुसार रामोसले यस पटक विलियम्स दिदीबहिनीका कुनै पनि खेल खेलाउने छैनन्। यता, शीर्ष स्थानकी ओसाकाले विश्व वरीयतामा ९३औं स्थानमा रहेकी रसियाकी अन्ना ब्लिनकोभासँगको खेलबाट प्रतियोगिता सुरुआत गर्नेछिन्।

ओसाकाले लगातार खेल जितेमा सेमिफाइनलमा चौथो वरीयताकी सिमोना हालेफलाई प्रतिद्वन्द्वीका रूपमा पाउनेछिन्। ओसाका पनि यस पटक युएस ओपनको उपाधि रक्षा गर्ने योजनामा छिन्। यद्यपि, उनले यसै हप्ता सम्पन्न सिनसिनाटीमा चोट भोगेकी थिइन्। जसको कारण उनी उक्त प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिन्। तथापि, उनले आफू अहिले फिट भइसकेको बताइसकेकी छिन्।

‘अहिले पहिलेभन्दा फिट छु,’ ओसाकाले भनिन्, ‘अब सहज रूपमा खेल्नेछु।’ सेरेनाकी दिदी भेनसले चीनकी झेङ साइसाईसँगको खेलबाट यस संस्करणको युएस ओपन सुरुआत गर्नेछिन्। सन् २००० र २००१ मा युएस ओपनको उपाधि विजेता ३९ वर्षीया भेनसले सन् २००८ मा विम्बल्डनको उपाधि जितेपछि हालसम्म ग्रान्ड स्लाम जित्न सकेकी छैनन्। सारापोभासँगको हेड टु हेडमा पनि सेरेना अगाडि छिन्। सारापोभासँगको कुल २२ भेटमा सेरेनाले १९ जित आफ्नो पक्षमा पारेकी छन्। यी दुईबीच सन् २०१६ भित्र नै १८ पटक भेट भएको थियो।

प्रकाशित: ८ भाद्र २०७६ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App