६ वैशाख २०८१ बिहीबार
खेल

केम्पो खुकुरीको साधारण सभा

काठमाडौं – नेपाल केम्पो खुकुरी मार्सल आर्ट्स संघको शनिबार  तेस्रो साधारण सभा सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा सातै प्रदेश र ६४ जिल्लाका प्रतिनिधिको उपस्थिति थियो।

संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले विगतमा सीमित व्यक्तिबाट मात्र नेपाल केम्पो खुकुरी मार्सल आर्ट्सको गठन भएको तर अहिले सातै प्रदेश र ६४ जिल्लामा संगठन पुगिसकेको जानकारी दिए। साथै उनले यसलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने समेत बताए।

कार्यक्रममा अन्तर्राष्ट्रियस्तरको कभर्डहल निर्माणका लागि काभ्रेको नालामा जग्गा प्रदान गर्र्ने समाजसेवी सुरेन्द्र श्रेष्ठलाई सम्मानपत्र तथा खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

 

प्रकाशित: ८ भाद्र २०७६ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App