coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ग्रिनफिल्ड र रेडियन्ट क्वार्टरफाइनलमा

काठमाडौं – ग्रिनफिल्ड र आयोजक रेडिअन्ट शनिबार सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

ग्रिनफिल्डले इबिएलाई २९–२० ले पराजित ग¥यो। ग्रिनफिल्डका महेश दाहालले १० अंक जोडे। रेडिअन्टले हिमालयनलाई २३–२० ले हरायो। रेडिअन्टका राज रोकाले ७ अंक जोडे।

जुनियर ब्वाइजमै स्वर्णिमले पुष्प सदनलाई ८–४ तथा महामञ्जुश्रीले नेपाल सेन्ट्रललाई ४५–३० ले पाखा लगाए। स्वर्णिमका दीपेश शाक्यले ३ तथा महामञ्जुश्रीका शिवम् लामाले ११ स्कोर गरे।

सिनियर गल्र्समा स्वर्णिमले रूपिजलाई २४–१६ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो। स्वर्णिमकी प्रमिला दाहालले ८ अंक जोडिन्। सिनियर गल्र्सकै अन्य लिगमा रातो बंगलाले रेडिअन्टलाई १६–१० तथा द चाँदबागले जेसिस इन्टरनेसनललाई २७–१८ ले पन्छाए। रातो बंगलाकी नुर प्रधानले ६ तथा चाँदबागकी सुर्मा थेबेले ९ अंक  बटुले।

सिनियर ब्वाइजमा ओसिसले एरिसलाई ३४–३२, एआइएले डेनेबलाई २९–२३, रातो बंगलाले बौद्ध चिल्ड्रेन हेभेनलाई ३६–२५ र नेपाल सेन्ट्रलले द एक्सेल्सियरलाई ४०–३० ले निराश पारे। ओसिसका सेदुप लामाले १९, एआइएका ओम शर्माले १२, रातो बंगलाका केभिक महर्जनले १६ र नेपाल सेन्ट्रलका सागरले १० स्कोर गरे।

प्रकाशित: ८ भाद्र २०७६ ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App