८ वैशाख २०८१ शनिबार
राजनीति

ईश्वर पोखरेलले सम्हाले स्कुल विभागको जिम्मेवारी

काठमाडौं– नेकपाका नेता ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएका छन्। 

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सनिबार विशेष कार्यक्रम गरी पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको हो। तात्कालिन नेकपा एमालेका स्कूल विभाग प्रमुख शंकर पोखरेलले नेता ईश्वर पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका हुन्। 

स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएपछि नेता पोखरेलले विचार र संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै नेतृत्व निर्माणमा अघि बढ्ने प्रतिबद्धता जनाए। परिवर्तित अवस्थामा हिजोको ढाँचाबाट नेतृत्व निर्माण हुन नसक्ने भन्दै उनले नेतृत्व निर्माणमा नयाँ ढंगले अघि बढ्ने बताए। सिंगो पार्टी पंक्तिले राजनीतिक कार्यदिशाको बारेमा एउटै बुझाई बुझ्ने र एउटै बोली बोल्नुपर्ने आवश्यकता औंल्याए।  

स्कूल विभागको जिम्मेवारी लिन धेरैले दाबी गरिरहदा पोख्रेलले जिम्मेवारी पाएका हुन्। उनी एकताअघि तात्कालिन नेकपा एमालेका महासचिव थिए।

प्रकाशित: ७ भाद्र २०७६ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App