coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धन्दा बन्द भएपछि उकुसमुकस

सहभागीको गुनासो सम्बोधन गर्दै प्रदेश २ प्रहरी प्रमुख(डिआइजी) प्रदुम्न कार्की । तस्विरः मिथिलेश/नागरिक

लहान– ‘तेस्रो मुलुकबाट आयात भई आएको हरियो मटर र मरिचको व्यापार सहज बनाइदिनुपर्याे। सीमावर्ती क्षेत्रमा मरिच र मटरको व्यपार असहज भएपछि व्यपारिहरुलाई गाह्रो भएको छ’, सिरहा व्यपार संघका अध्यक्ष प्रमोद पोद्दारले प्रदेश २ का प्रहरी प्रमुख (डिआइजी) प्रदुम्न कार्की सहभागी नागरिक सुनवाई कार्यक्रममा गुनासो पोखे।

सीमावर्ती क्षेत्रमा हरियो मटर र मरिचको कारोबारमा प्रहरीको सहयोग अपेक्षा गर्दै पोद्दारले व्यपारिको तर्फबाट डिआइजी कार्की समक्ष लबिङ गरेका थिए। डिआइजी कार्कीले जवाफमा भने, ‘तपाईहरुको व्यापार फलोस, फस्टाओस तर व्यपारको नाममा देशको राजश्व छल्ने छुट दिन्न्।’ 

‘यहाँ नीलो बर्दीधारी तस्कर पनि छन्’, कार्कीले भने, ‘बर्दीधारी तस्करहरुलाई छानीछानी कारबाही गर्छु।’ उनले बर्दीका आडमा गैरकानुनी काम गर्ने प्रहरीबारे सूचना दिन सहभागीहरुलाई आग्रह गरे। प्रदेश २ का आठवटै जिल्ला भारतीय सीमासँग टाँसिएकाले यसका फाइदा र बेफाइदा दुइटै छन्। टाँसिएको सीमाका कारण तस्करी, लागूऔषध कारोबार, सीमा अपराधलगायतका बेफाइदाहरु छन्। 

पछिल्लो समय प्रहरी नेतृत्व फेरिएसँगै तस्करी र तस्करमाथि कडाई गरिएको छ। जसकारण ती समूहमा उकुसमुकुस भएको छ। 

कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवले भने, ‘जिल्लामा नयाँ प्रहरी प्रमुख र सिडियो आएदेखि तस्करी ठ्यापै बन्द गरिदिएपछि हलचल मच्चिएको छ।’ प्रेस काउन्सिल नेपालका पूर्व सदस्य चन्द्रदेव कामतीले भने, ‘धेरैपछि यसरी तस्करी बन्द भएको देखियो।’ प्रहरीले नेतृत्वले तस्करीमाथि लगाम लगाएपछि केहि समूह व्यापारै बन्द हुने भयो भनेर शतिmकेन्द्रहरु धाउन थालेको उनले बताए।

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले तस्करीलगायतका गैरकानुनी धन्दा गर्नेले आफू रहेसम्म कुनै प्रकारको सहुलीयत नपाउने बताए। ‘आफूलाई जिल्लामा टिकाइ राख्नका लागि गैरकानी गर्नेसँग सम्झौता कुनै पनि हालतमा गर्न सकिन्न’, उनले भने।

सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले कानुनले नमिल्ने कामका लागि अनावश्यक दवाव नदिन आग्रह गरे। तस्करी, लागूऔषध कारोबार, सामाजिक अपराधाजस्ता घटना रोक्न प्रहरीलाई सघाउन उनको आग्रह थियो। राज्य दुब्लाउने र व्यतिm मोटाउने धन्दाहरु रोक्न सक्रियता र इमान्दारीसाथ लाग्ने उनको भनाई छ। सर्वसाधारण नागरिक सहज र सुरक्षित अनुभूति गर्ने वातावरण निर्माण हुँदै गएको उनको दावी छ। 

तेस्रो मुलुकको सामान भारत लग्न नपाइने कानुन भएकोले ती सामानहरुमाथि सहरदेखि सीमासम्म निगरानी बढाइएको एसपी चतुर्वेदीले बताए। कानुनले निषेध गरेको काम गर्न कुनैपनि हालतमा छुट नदिइने उनको भनाई छ। मटर र मरिचको सीमावर्ती क्षेत्रमा निर्वाद कारोबार गर्नदिन यहाँका व्यपारिहरुले जिल्लाको प्रहरी र प्रशासन प्रमुखलाई निरन्तर लबिङ गर्दै आएका छन्।

नेपालभित्र खपतको कैयौं गुणाबढी परिमाणमा तेस्रो मुलुकबाट मटर र मरिच खरिद गर्न अनुमति दिनुनै तस्करीलाई बढाबा दिनु हो जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानका अध्यक्ष अशोकलाल अमात्यको जिकिर छ। खपतै हुन नसक्नेगरी बढी परिमाणमा खरिद गर्न छुट दिने तर विक्रिका लागि थरीथरी लफडा झिकेर व्यपारिलाई दुःख दिन नमिल्ने उनको तर्क छ।

तेस्रो मुलुकबाट नेपाल भित्र्याइएको मटर र मरीचलाई सिमावर्ती नाकासम्म पुर्याउने र त्यहाँबाट सीमामा तायनाथ सुरक्षाकर्मीसँग सेटिङ मिलाएर भारत पुर्याउने गरिएको थियो। सीमामा तैनाथ सुरक्षाकर्मीहरु मिलिदिँदा मटर, मरिच र मदिराको भारत तस्करी नियन्त्रण गर्न गाह्रो भएको थियो। तर, जिल्लामा प्रहरी नेतृत्व फेरिएसँगै तस्करसँग बारगेनिङ गरेको आरोपमा प्रहरीहरुमाथि नै कारबाही चलाउन सुरु गरेपछि सीमादेखि सहरसम्म तायनाथ प्रहरीहरु सच्चिँदै गएका छन्।  

सन् १९५० को नेपाल–भारत वाणिज्य सन्धिमा तेस्रो देशबाट आयातित कुनै पनि वस्तु भारत निर्यात गर्न नेपाललाई छुट छैन। तर, तेस्रो देशबाट आएको चाइनिज स्याउ, मरिच र हरियो मटर  सेटिङ मिलाएरै भारत तस्करी हुन्थ्यो। यो क्रम अहिले प्रहरीले रोकिदिएपछि कारोबारमा संलग्नहरु अतालिएका छन्। 

प्रकाशित: ७ भाद्र २०७६ १३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App