coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जमुवामा न्यानो आतिथ्य

अर्ना र चराका लागि कोशीटप्पु वन्य जन्तु आरक्ष प्रख्यात छ। आरक्षमा चार सय ४१ अर्ना छन्। त्यस्तै ५२६ प्रजातिका चरा पनि। अरु जीवजन्तु र जनावर पनि पाइन्छ कोशीटप्पुमा। अर्ना संरक्षण गर्न नेपाल सरकारले २०२६ सालमा १२ वर्ग किमि क्षेत्रफल जमिन संरक्षण गरेको थियो। त्यसैलाई बढाएर १७५ वर्ग किमि पु-याइएको छ।

पर्यटलाई सस्तो, मिठो र आरामदायी खाना एवं बास सुविधा दिन कोशीटप्पुको को प्रवेशद्वार जमुवामा सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको  छ। त्यहाँ न्यानो आतिथ्य पाइन्छ। सप्तरीको कञ्चनरुप नगरपालिका–६, जमुवाका ७ घरमा होमस्टे गराइन्छ। थारु खाना, संस्कृति र परिकार त्यहाँका विशेषता।

होमस्टेमा बसेर कोशीटप्पु मात्र होइन, सेरोफेरोका छिन्नमस्ता, हनुमाननगर, बराहक्षेत्र, चतराधाम, रामधुनी लगायत क्षेत्र जीपमा घुम्न सकिन्छ। जमुवा क्षेत्रमै पनि घुम्नका लागि गोडराजा मन्दिर, कमल दह लगायत ठाउँ छन्।

होमस्टेमा सादा खानाको दुई सय रुपैयाँ र बेडको पनि दुई सय रुपैयाँ पर्छ। पाहुनाको माग अनुसार सांस्कृतिक कार्यक्रम देखाइन्छ। पहिल्यै खबर गरेर जाँदा सजिलो हुन्छ। सम्पर्क : नन्दलाल माझी–९८४१२९३५२० र रामकुमार चौधरी–९८४२८२७९९१।

प्रकाशित: ७ भाद्र २०७६ ०८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App