coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चट्टयाङ्गसहित वर्षा हुने सम्भावना

काठमाठाैँ - आज देशभर मेघ गर्जन र चट्यांगसहित वर्षा हुने मौसम पूर्वानुमान महासाखाले जनाएको छ । देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना छ ।

मौसमविदका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिम भाग औसत स्थानभन्दा केही उत्तरतर्फ छ । साथै बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली विकसित भएको छ ।

मौसम पूर्वानुमान महासाखाले शनिबार बिहान जारी गरेको बुलेटिनअनुसार - देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेकाले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको मध्य तथा पश्चिमका भुभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना र देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ । यी स्थानमा रहनुभएका लगाएत उक्त स्थानहरूमा यात्रा गर्नु हुने सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिन्छ ।

चट्यांगबाट जोगिन तथा मध्य, पश्चिम र पूर्वी तराईका जिल्लामा यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन्।

प्रकाशित: ७ भाद्र २०७६ ०६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App