८ वैशाख २०८१ शनिबार
समाज

१ सय ४० अवैध खसीबोका प्रहरी नियन्त्रणमा

शसस्त्र प्रहरीले शुक्रबार खसीसहित नियन्त्रणमा लिएको ट्रक ।तस्बिर/नागरिक

बर्दिया - अवैध रुपमा नेपाल भित्र्याइँदै गरेका १ सय ४० खसीबोका प्रहरीले नियन्त्रणमा लिएको छ। गुलरिया नगरपालिका –१२ टेसनपुरबाट सशस्त्र प्रहरीको गस्ती टोलीले   ना ६ ख ९४९२  नम्बरको ट्रकमा नेपाल ल्याउँदै गरेका खसीबोका नियन्त्रणमा लिएर गुलरियास्थित भन्सार कार्यालय बुझाएको हो। भन्सारको मुल्यांकनअनुसार १४ लाख बढी पर्ने खसीबोका बरामद गरिएको शसस्त्र प्रहरीका एसपी यादव विश्वकर्माले बताए।

भारतबाट अवैध रूपमा खसीबोका नेपाल भित्र्याइदैं गरेको सूचना पाएपछि शसस्त्र प्रहरीले निगरानी बढाएको थियो। विश्वकर्माकाअनुसार दुई साता अघिमात्रै  लुकाइछिपाई नेपाल भित्र्याइँदैं गरेको ७३ वटा खसीसहित ४ जनालाई नियन्त्रणमा लिएको थियो।

भारतसँग खुला सीमा रहेको बर्दियामा अवैधरुपमा भन्सार छलेर सामान् भित्र्याउने गिरोह नै सक्रिय छन्। खसीबोकामात्रै होइन, खाद्यान्न, लत्तापकडा, इलेक्ट्रोनिक्स,मोटरपार्टस लगायतका सामान पनि तस्कर िगरी नेपाल भित्रिने गरेको स्थानीय बताउँछन्।

तर पछिल्लो समय प्रहरीले निगरानी बढाएपछि तस्करीमा कमी आएको प्रहरीको दाबी छ। सीमामा प्रहरीले देखाउको सक्रियताका कारण अवैध सामान ओसारपसारमा कमी आएको राजापुर भन्सार कार्यालका प्रमुख उपेन्द्र हमालले दाबी गरे।

चाडपर्व नजिँकिँदै गरेकोले यो बेला तस्करी बढ्ने भएकोले थप सतर्कता अपनाइने उनले बताए। सीमामा प्रहरीले देखाएको सक्रियताले राजश्व चुहावटमा कमी आएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताए।

प्रकाशित: ७ भाद्र २०७६ ०३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App