६ वैशाख २०८१ बिहीबार
खेल

नेपालको सुखद अन्त्य

काठमाडौं – घरेलु मैदानमा जारी एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबलमा नेपालले पाँचौं स्थानका लागि सफलता हात पारेको छ।

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा पाँचौं स्थानका लागि भएको प्रतिस्पर्धामा अफगानिस्तानलाई ३–१ को सेटमा स्तब्ध बनाउँदै नेपालले यस प्रतियोगिताको सुखद अन्त्यसमेत गरेको हो। यसअघि समूह चरणमा एक सेटमा पनि जित्न नसकेको नेपालले कमजोर अफगानिस्तानमाथि सुधारिएको प्रदर्शन ग¥यो।

त्यससँगै नेपाल सात टोली सहभागी प्रतियोगितामा पाँचौं स्थान प्राप्त गर्न सफल भयो। दुई मैत्रीपूर्ण खेलमा पनि नेपालले अफगानिस्तानमाथि सतप्रतिशत नतिजा प्राप्त गरेको थियो। प्रतियोगिताको समूह चरणका दुवै खेलमा पराजित हुँदै सेमिफाइनल यात्राबाट बाहिरिएको नेपालले शुक्रबार अफगानिस्तानलाई २५–२३, २३–२५, २५–१८ र २६–२४ को सेटमा पराजित गरेको थियो।

पराजित अफगानिस्तान छैटौं स्थानमा खुम्चदा बंगलादेश अन्तिममा रह्यो। पहिलो पटक नेपालमा आयोजना भएको प्रतियोगिताअन्तर्गत शुक्रबारै सम्पन्न तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा साबिक विजेता तुर्कमेनिस्तानले सार्क टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा स्तब्ध पा¥यो।

लगनखेलस्थित आर्मी कभर्डहलमा भएको खेलमा माल्दिभ्सलाई तुर्कमेनिस्तानले सुरुको सेटबाटै दबावमा राखेको थियो। पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको तुर्कमेनिस्तानले दोस्रो सेट भने २५–२० ले जित्यो। सेमिफाइनलमा किर्गिस्तानसँग पराजित तुर्कमेनिस्तानले तेस्रो सेटमा पनि २५–१९ को सहज जित निकाल्दा तेस्रो स्थान प्राप्त ग¥यो।

माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको तुर्कमेनिस्तान जारी प्रतियोगितामा तेस्रो बनेको छ। उपाधिका लागि शनिबार किर्गिस्तान र उज्बेकिस्तान प्रतिस्पर्धा गर्नेछन्। किर्गिस्तान समूह ‘ए’ र उज्बेकिस्तान समूह ‘बी’ बाट समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए। किर्गिस्तानले साबिक विजेता उज्बेकिस्तानलाई हराउँदै अन्तिम दुईमा स्थान बनाउँदा उज्बेकिस्तानले माल्दिभ्सलाई पराजित गर्दै किर्गिस्तानसँगको भेट पक्का गरेको थियो।

प्रकाशित: ७ भाद्र २०७६ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App