१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

गोल्डेनपिक र एञ्जल्स हटलाई सफलता

काठमाडौं – गोल्डेनपिक र एञ्जल्स हर्टले १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार सफलता हात पारेका छन्।

धापासीस्थित आयोजक ग्रिनल्यान्ड एकेडेमीको कोर्टमा भएको खेलमा गोल्डेनपिकले डिआर मेमोरियललाई ४४–३४ ले पराजित ग¥यो। गोल्डेनपिकका गोपाल भण्डारीले ११ अंक जोडे। एञ्जल्स हर्टले नवोदितलाई ४९–३४ ले नै हरायो। एन्जल्स हर्टका प्रतीक गोलेले १८ अंक बटुले। सिनियर ब्वाइजमै भ्याली पब्लिकले द चाँदबागलाई ३१–२४ तथा टिआइएले हिमालयलाई ३५–२५ ले पाखा लगाए।

भ्याली पब्लिकका सुमार्ग गुरुङ र साजन गुरुङले ११–११ तथा टिआइएका निकेश कार्कीले १७ स्कोर गरे। जुनियर ब्वाइजमा इबिएले डिआर मेमोरियललाई २६–१८, गोल्डेनपिकले प्राणजलीलाई २६–१९, सेबले ज्ञानकुञ्जलाई २९–१९ र बिएनएले आयोजक ग्रिनल्यान्डलाई २०–१६ ले निराश पारे।

इबिएका सुनिल मल्लले १४, गोल्डेनपिकका सुविन तामाङले १२ र बिएनएका सन्देश खड्काले १४ स्कोर गरे। सिनियर गल्र्समा भ्याली पब्लिकले हिमालयलाई ३२–१६ ले पन्छायो। भ्याली पब्लिककी पुर्णिमा परियार तथा सुमिना तामाङले समान ७–७ अंक जोडे।

निम्स र स्वर्णिम विजयी
काठमाडौं, भदौ ६ (नागरिक)– सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा निम्स र स्वर्णिमले शुक्रबार जित हात पारेका छन्।
कलंकीस्थित आयोजक रेडिअन्टको कार्टमा भएको खेलमा निम्सले रुपिजलाई १९–१५ ले पराजित ग¥यो। निम्सकी टिना लिम्बुले ८ अंक योगदान गरिन्। टिसा महर्जनको ८ अंक सहयोगमा स्वर्णिमले मोक्क्षदालाई १८–१० ले हरायो।

सिनियर गल्र्समै ज्योति एकेडेमीले आयोजक रेडिअन्टलाई १८–१५, इनोभेटिभले द चाँदबागलाई २९–१९, सिद्धार्थ बनस्थलीले नेक्सस्लाई १९–१० र एलआरआईले रातो बंगलालाई २०–११ ले पाखा लगाए। ज्योतिकी समीक्षा अधिकारीले ८, इनोभेटिभकी सभ्यता महर्जनले ११, सिद्धार्थ बनस्थलीकी यशुश्री गुप्ताले ११ र एलआरआईकी सोनिया राणाले ८ स्कोर गरेका थिए।

सिनियर ब्वाइजमा निम्सले रुपिजलाई ३४–२८, ओसिसले होली भिजनलाई ४९–३५ र नेपालयले रातो बंगलालाई २८–२४ ले पन्छाए। निम्सका मिहाङले ८, ओसिसका छेडुक लामाले २४ र नेपालयका देव आलेमगरले २५ अंक जोडे। जुनियर ब्वाइजमा स्वर्णिमले मोक्क्षदामाथि १८–१० को जित निकाल्यो। स्वर्णिमका दीपेश शाक्यले १३ अंक जोडे।

प्रकाशित: ७ भाद्र २०७६ ०३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App