८ वैशाख २०८१ शनिबार
समाज

ज्येष्ठ नागरिकको अन्तरपुस्ता ज्ञानसीप हस्तान्तरण

खोटाङ – ज्येष्ठ नागरिक संघ खोटाङले अन्तरपुस्ता ज्ञानसीप हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ। ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभव, सिकाई तथा परम्परालाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नका लागि ज्येष्ठ नागरिक संघले दिक्तेलको सरस्वती माविको प्रांगणमा अन्तरपुस्ता ज्ञानसीप हस्तान्तरण कार्यक्रम गरेको हो।

‘जीवनमा भोगेर र परेर’ आर्जन गरिएको ज्ञानलाई नयाँ पुस्तामा पुस्तान्तरणका लागि कार्यक्रम गरिएको ज्येष्ठ नागरिक संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए। ‘ज्येष्ठ नागरिक ज्ञान र अनुभवको भण्डार हो। त्यो सिकाई र भोगाईका बारेमा नयाँ पुस्तालाई जानकारी दिन जरुरी छ,’ अध्यक्ष घिमिरिले भने, ‘विभिन्न जातजातीको पुरातन मान्यता, संस्कार र संस्कृति कस्ता थिए ? अहिले कुन अवस्थामा पुगेको छ ? भन्ने वारेमा युवापुस्तालाई जागरुक बनाउनका लागि कार्यक्रम गरिएको हो।’

कार्यक्रममा ज्येष्ठ नागरिक संघमा आवद्ध ज्येष्ठ महिलाले संगिनी नाच, ज्येष्ठ नागरिक डिल्लीराम आचार्य, मानबहादुर कट्वाल र तारानाथ आचार्यले श्लोक, पुरानो गीत, खाँडो प्रस्तुत गरेका छन्। यस्तै, राई समुदायले साकेला र नेवार समुदायले लाखे नाच प्रस्तुत गरेका छन्। यस्तै, शिक्षक धनीराम राईले ज्येष्ठ नागरिकप्रति समर्पित कविता बाचन गरेका थिए। विभिन्न जातजातीको परम्परा, संस्कार र संस्कृतिको संरक्षण एवं ज्येष्ठ नागरिकको भोगाई–सिकाई आदान–प्रदानका लागि अन्तरपुस्ता ज्ञानसीप हस्तान्तरण कार्यक्रम जिल्लाकै पहिलो भएको संघले बताएको छ।

प्रकाशित: ७ भाद्र २०७६ ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App