१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारका प्रवक्ताले जनतालाई ढाँटे : प्रकाश ज्वाला

काठमाडौं- व्यवस्थापिका संसदको अर्थसमितिका सभापति प्रकाश ज्वालाले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई ५० लाख दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। यसअघि उपचार खर्च १५ लाखभन्दा बढी नदिने कार्यविधि तयार भएपनि क्याबिनेटले पास नगरी मनपरी रकम बाँडेको भन्दै आपत्ति जनाए।

पहुँच हुनेले सिधै क्याबिनेटमा लगेर निर्णय गराउने पहुँच नहुनेले चाहिँ नपाउने पक्रिया नै गलत रहेको उनले संसदलाई जानकारी गराए। 'पहुँचवालालाई जति पनि रकम दिने मिल्ने, पहुँच नहुनेहरुले चाहिँ नपाउने। यो पक्रिया गलत छ। यो कुरा समितिमा छलफल गराउनुपर्थ्यो त्यो पनि गराइएन। यसमा मेरो आपत्ति छ,' उनले भने।

उनले यत्रो ठूलो निर्णय सरकारका प्रवक्ताले पनि लुकाएको आरोप लगाए। 'यत्रो ठूलो निर्णय सञ्चारमन्त्री जो सरकारका प्रवक्ता हुन् उहाँले पनि लुकाउनुभयो। यो त जनतालाई ढाँटेसरह भयो,' उनले भने।

त्यस्तै राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले पनि उपचार खर्च असमान रहेको भन्दै संसदमा आपत्ति जनाए।  'असमान तरिकाले उपचार बाँड्ने प्रक्रिया दुर्भाग्यपूर्ण छ। यस्तो हुनु हुँदैनथ्यो,' उनले भने।

 

प्रकाशित: २९ कार्तिक २०७३ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App