वर्षा र बाढीबाट सुडानमा ५४ को मृत्यु, २ लाख प्रभावित

शुक्रबार, ०६ भदौ २०७६, २१ : ३६ नागरिक

जेनेभा- अत्यधिक वर्षा र बाढीका कारण सुडानमा पछिल्लो समय ५४ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। 

देशभरी गरेर एक लाख ९४ हजार जना प्रभावित भएको पनि मानवीय सहायतासम्वन्धी राष्ट्रसंघीय कार्यालयका अधिकारीहरूले जनाएका हुन्। 

राष्ट्रसंघका सुडानस्थित प्रतिनिधिलाई उद्धृत गर्दै शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार अधिकाँशको मृत्यु घरहरु भत्किएर तथा विद्युतीय कारणले भएको छ।  
 
जेनेभास्थित राष्ट्रसंघको मानवीय सहायता सम्वन्धी कार्यालयका प्रवक्ता जेन्स लैरकेले झण्डै ३७ हजार जना घरबार विहिन भएको जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “अक्टोबर अन्त्यसम्म बर्षा भइरहने र बर्षाका कारण जुलाईदेखि अहिलेसम्म ३७ हजार भन्दा बढी घरहरू भत्किएका छन्।”

सवैभन्दा धेरै देशको दक्षिणी क्षेत्रमा रहेको ह्वाईट नाईल राज्य प्रभावित भएको छ। त्यस क्षेत्रमा मात्रै ६६ हजार जना प्रभावित भएको र १३ हजार घरहरु क्षतिग्रस्त भएको विवरण छ। 

देशका कुल १८ राज्यमध्ये १५ राज्य बाढीले प्रभावित भएको सरकारी अधिकारीहरूले जनाएका छन्। 

प्रभावित क्षेत्रमा तत्कालका लागि खाद्य पदार्थ, बस्नका लागि शिविर, स्वास्थ्य सेवा, सफा खानेपानी, सफाईजन्य सामग्रीलगायतको आवश्यकता परेको छ।

सरसफाई, बसाई र खानामा ध्यान दिएन भने रोगको प्रकोप पनि फैलिनसक्ने खतरा रहेको अधिकारीहरुको भनाई छ। सिन्ह्वा








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad