१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एनआरएनएको महाधिवेशन असोज २८ देखि काठमाडौंमा

काठमाडाैं- ‘म, मेरो एनआरएनए, र मेरो नेपाल’ भन्ने नाराका साथ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ। 

सङ्घको बिहीबार बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले नेपाल सरकार परराष्ट्र मन्त्रालय समेतको सल्लाहमा उक्त मिति तय गरेको हो। उक्त  विश्व सम्मेलन पनि विगतमा झैँ नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा हुने छ। 

सम्मेलनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन हुने कार्यअन्तिम चरणमा पुगेको छ। आयोजक समितिमा सरकारका प्रतिनिधि र सरोकारवाला सङ्घ संस्थाका अध्यक्ष रहने व्यवस्था छ। 

यसैगरी सङ्घको आन्तरिक आयोजक समिति सङ्घका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन गरिएको छ। यही विश्व सम्मेलनकै समयमा सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न हुने छ। महाधिवेशनमा नै नयाँ कार्यकालको लागि सङ्घका अध्यक्षलगायत अन्य पदाधिकारीको निर्वाचन हुने छ। रासस

प्रकाशित: ६ भाद्र २०७६ १५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App