coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चोरी गरेको सामानसहित दुई पक्राउ

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका ८ रानीबारीस्थित सुमन खत्रीको घर कोठा फुटाई नगद एवं सुन चाँदीका गरगहना चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं. १ घर भई हाल भक्तपुर नगरपालिका १० कमलबिनायक बस्ने बर्ष २३ को दिपक गिरी र भक्तपुरको चाँगुनारायण नगरपालिका ६ बस्ने बर्ष २४ को बुद्ध तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

सुनका गरगहनाहरु अन्दाजी साढे चार तोला, बिभिन्न बान्डका मोबाईल ५ थान, घडी १ थान लगायतका सामानहरुसहित उनीहरुलाई पक्राउ गरिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी भक्तपुर जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: ६ भाद्र २०७६ १४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App