निधिले भने- सिंगापुरबाटै सरकार चलाउनु गम्भीर, शशांकले गरे गुट अन्त्यको घोषणा

शुक्रबार, ०६ भदौ २०७६, १८ : ३४ नागरिक

नगेन्द्र उपाध्याय/गणेश विशु
सुर्खेत– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संघीयता र संविधान विरोधी कामहरु गरिरहेको आरोप लगाएका छन्। शुक्रबार कर्णाली प्रदेशका महाधिवेशन प्रतिनिधीहरुका लागि वीरेन्द्रनगरमा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

‘हजारौं जनताको बलिदानी र संघर्षबाट संघीयता र संविधान प्राप्त भएको हो,’ उपसभापति निधिले भने, ‘कम्युनिष्ट सरकार यो उपलब्धीविरुद्ध कामहरु गरिरहेको छ।’ कांग्रेसले सिंहदरवारमा रहेको अधिकारलाई जनताको घरघरमा पु¥याएको बताउँदै उपसभापति निधिले भने, ‘अहिले ‘सिंगापुर’बाट सरकार सञ्चालन गर्न खोजिँदैछ।’ उनले स्वास्थ्य उपचारका लागि सिंगापुर ठिकै भएपनि त्यहीँबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्नु भने गम्भीर विषय भएको बताए।

त्यस्तै महामन्त्री शशांक कोइरालाले डेढ वर्षको अवधिमा कम्युनिष्ट सरकारले भ्रष्टाचार र महंगीमात्रै जनतालाई उपहार दिएको बताए। ‘जनताले ठूलोे आशा र अपेक्षा गरेर कम्युनिष्टहरुलाई सत्तामा पु-याए, संघमा मात्रै होइन् प्रदेशमा पनि उनीहरुकै पूर्ण महुमत छ,’ महामन्त्री कोइरालाले भने, ‘उनीहरुले जनताको आशा र अपेक्षामाथि ठूलो घात मात्रै गरेनन् देशमा महंगी र भ्रष्टाचारलाई संस्थागत गर्ने काम मात्रै गरे।’

महामन्त्री कोइरालाले कार्यक्रममा गुट अन्त्यको घोषणा गरे। ‘आजैका मितिदेखि केन्द्रमा कोही कसैको गुट र समूह रहनेछैन्, तपाईहरु पनि गुट र उपगुट बनाउनेतर्फ नलाग्नुहोस्’ उनले भने, ‘कांग्रेस एकतावद्ध हुँदा मात्रै कम्युनिष्टहरुसँग मुकाविला गर्न सकिन्छ।’

त्यसैगरि महामन्त्री पूर्णबहादुर खड्काले कम्युनिष्ट सरकारका गलत क्रियाकलापलाई समयमै रोक्न नसके देश ठूलो द्वन्द्वमा फस्ने चेतावनी दिए। ‘सरकारका गलत निर्णय र क्रियाकलाप रोक्न सकेनौं भने देश जातीय, धार्मिक र क्षेत्रीय द्वन्द्वमा फस्ने संभावना देखिँदै गएको छ’ उनले भने, ‘यसलाई रोक्नका लागि पार्टीलाई रुपान्तरित गर्दै सिंगो मुलुकको नेतृत्व कांग्रेसले लिन जरुरी छ।’

महामन्त्री खड्काले पहिलो चरणको जनजागरण अभियानले कांग्रेसजनमा नयाँ उत्साह र जाँगर भरेको बताउँदै दोस्रो चरणको अभियानले पार्टीका आन्तरिक संरचना स्थापित हुनुका साथै जनतामा कांग्रेसप्रतिको भरोसा बढ्ने बताए। उनले भदौ २० गतेभित्र प्रदेश र निर्वाचन क्षेत्रको समायोजन सम्पन्न हुने र कात्तिकसम्ममा स्थानीय तहको समायोजन प्रक्रिया सकिने जानकारी दिए।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad